Loading... आजः बुधबार, कार्तिक १२, २०७७

बम बिस्फोट हुदाँ काँग्रेसका उम्मेदवार सहित सात घाइते


काठमाडौं । उदयपुरमा बम बिस्फोट हुदाँ काँग्रेसका उम्मेदवार सहित सात जना घाइते भएका छन् । जिल्लाको गढी गाउँपालिका–६ मा कांग्रेस उम्मेदवारलाई लक्षित गरी अज्ञात समूहबाट बम प्रहार भएको छ ।

बम प्रहारबाट कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीसहित सातजना घाइते भएका हुन् । घाइते तीन जनाको अवस्था गम्भिर प्रहरीले जनाएको छ ।

घाइते मध्ये दुई जना उम्मेदवारको सुरक्षामा खटिएका प्रहरी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोछ कस्ले गराएको हो भन्नेबारे केही खुलेको छैन । त्यहाँ अहिले सुरक्षा व्यवस्था कडा परिएको प्रहरीले जनाएको छ ।


ताजा समाचार