Loading... आजः मङ्लबार, अशोज ५, २०७८

त्रिशुलीमा बास खस्दा ६ जनाको मृत्यु, २० जनाको उद्धार

मंसिर १३, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस त्रिशुली नदिमा खस्दा ६ जनाको ज्यान गएको छ । लु २ ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे चितवनको फिस्लिङमा त्रिशूली नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

त्रिशूलीमा डुबेको बसबाट अहिले सम्मा २० जना घाइतेको उद्धार गरिएको छ । नारायणगढ बाट आउँदै गरेको ना ६ खा ४९७२ नम्बरको ट्रकसंग ठक्कर खाएर अनियन्त्रिक भई बस त्रिशुलीमा खसेको प्रहरीको भनाई छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । घाइतेहरुको उद्धार गरि उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।


ताजा समाचार