Loading... आजः मङ्लबार, अशोज ५, २०७८

नरैनापुरका मतदाता भन्छन, “हामिलाइ बिश्वास छ अब केही गरे बाम गठबन्धनले गर्छ”

सरला सुवेदी
कोहलपुर, १२ मंसिर । मंगलबार नरैनापुरको प्रत्यक वडाहरुमा बाम गठबन्धनका नेता कार्यकर्ता जनताको घर घरमा पुग्दा हर्षित हुदै त्यहाका आमाबुबा, दाजुभाई तथा दिदीबहिनीको एउटै आवाज थियो अब जे गर्छ बाम गठबन्धनले गर्छ त्यसैले अबको भोट बामगठबन्धनलाई भन्दै उत्साह साथ घरदैलो अभियान र चुनावी भेलामा उपस्थित भएका थिए।

बाम गठबन्धनको राजनितिक अस्तित्वले अब नेपालमा तिब्र बिकास र समाजबादको युग सुरु हुनेछ,नेपालमा आर्थिक क्रान्ती र विकास गर्न बाम गठबन्धनलाई मतदान दिन प्रतिनिधि सभाका बाके क्षेत्र नम्बर १का समानुपातिक तर्फका उम्मेदवार दिनेशचन्द्र यादवले नरैनापुरको कटकुईयामा राखिएको चुनावी भेलालाई सम्बोधन गर्दै आफ्नो भनाई राखेका थिए।मङलबार नै लक्ष्मणपुरमा राखेको चुनावी भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार महेश्वर गहतराज अथकले कसैको लोभलालचमा नपरी बाम गठबन्धलाई मतदान गरि आफुले पाएको मताधिकारको सहि सदुपयोग गर्न आग्रह गर्दै आफुले चुनाव जितेमा राप्ती नदि नियन्त्रणका लागी दुबैतर्फ पक्की ड्याम बाध्ने,बाढी पीडितहरुको सुरक्षित बसोबासको व्यवस्था गर्ने,यस क्षेत्र भित्र रहेका सबै वडाहरुमा विद्युतीकरण गर्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरे।

आजै राप्तिसोनारी ९ढकेरी, बुच्चापुर,उद्यैन, खैरी र नमुना गाउँमा उम्मेदवार सहित गरिएको घरदैलो कार्यक्रम गुरुवागाउमा आएर चुनावी भेलामा परिणत भएको थियो। भेलालाई सम्बोधन गर्दै बाके क्षेत्र नम्बर१(२)प्रदेश सभाको उम्मेदवार आरती पौडेलले यस क्षेत्रलाई अर्गा्निक भ्लेजको रुपमा स्थापित गराउन मेरो पहिलो पहल रहनेछ यस ठाउँको कृषिमा क्रान्ती ल्याउन कृषिको आधुनिकरण र व्यवसायिकरण गर्न आफु दिनरात लागी पर्नेछु भन्दै पौडेलले बिकास निर्माणमा युवा सहभागितालाई अनिवार्य गराउनेछु भन्दै आफ्नो प्रतिबद्धता राखेकी थिईन।

मंगलबार नै बाम गठबन्धनले कोहलपुरको वडा नम्बर २प्रगतिनगर, प्रेमनगर, वडा नम्बर ७ को लखनवा,रजगढवा,वडा नम्बर ५, ९ र ११मा घरदैलो सहित बिभिन्न कार्यक्रम सहित चुनावी अभियानलाई तीब्र पारेको कुरा निर्वाचन परिचालन सयोजक अब्दुल हुसेन खानले बताए।


ताजा समाचार