Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

काग्रेसले हारे स्वयम जनता आफैले हारेको सरह हुने : स्वार

कल्पना बोहरा
अछाम, १२ मसिर । नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेद्धार तथा जिल्ला पार्टी सभापति भरत कुमार स्वारले काग्रेसले हारे स्वयम जनता आफैले हारेको सरह हुने भन्दै यस पटक काग्रेसको रुख चिन्हमा मतदान गरी जिताउन मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।

आज बान्नीगढ जयगढ गाउपािलका वर्डा नम्बर ६ दर्नामा आयोजित चुनाबि आमसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने सभापति स्वारले काग्रेसले जिते जनताको जित हुने भन्दै अब आफु मालिक बन्ने अवसर आएकाले यो अवसर नगुमाउन आग्रह समेत गर्नु भयो । उहाले कम्युनिष्टहरुको झुठा आश्वाशनलाई जनताले बुझिसकेकाले अब जित लोकतन्त्रको हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा पुर्ब सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले बाम गठबन्धन कामको नभएर भोट बटुल्ने गठबन्धन मात्र भएको बताउनु भएको छ । मन्त्री शाहले बिकासका काम गर्ने लोकतन्त्रमा बिश्वाश गर्ने पार्टी काग्रेसका उम्मेद्धारलाई बिजयी गराउन अनुरोध गर्नु भयो । कार्यक्रममा प्रदेश सभा ख का उम्मेद्धार पुर्ब पार्टि सभापति टेक बहादुर साउदले लामो सघर्षका बाबजुद ल्याएको सबिधान कार्यान्वयनका लागि काग्रेसका उम्मेद्धारलाई जिताउन आग्रह गर्नु भयो । वडा सभापति दिपक शाहको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य अनुराधा स्वार,महाधिबेशन प्रतिनिधि टक्कर ताम्राकार,पुर्ब जिल्ला कार्यसमिति सदस्य तपेन्द्र शाह,देउडा गायक यज्ञराज उपाध्याय लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियो ।


ताजा समाचार