Loading... आजः शुक्रबार, अशोज १, २०७८

नेपाली काँग्रेसको चुनावी घरदैलो कार्यक्रम कोहलपुरमा

बाँके । नेपाली काँग्रेस नेता तथा बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेद्वार माधवराम खत्रीले राष्ट्रलाई समृद्वितर्फ डोर्याउन आसन्न निर्वाचनमा काँग्रेसले जित्नै पर्ने दावी गरेका छन् ।

बाँके निर्वाचन क्षेत्र नं. १ (ख)को कोहलपुर नगरपालिका वडा नं. १० मा घरदैलो कार्यक्रममा सामाजिक विकासको लागि महत्वपूर्ण पक्ष मानिएको शिक्षा क्षेत्रको सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताए । ‘अझै पनि आम सर्वसाधारणको शिक्षामा पहुँच छैन, शिक्षकहरूले उचित सेवा सुविधा पाउन सकेका छैनन्, सरकारी विद्यालयमा समस्या छन्’ उनले भने ‘शिक्षा क्षेत्रको सुधारका लागि विशेष योजना नभएकाले समस्या यथावत रहेको छ ।’ उनले अहिलेको निर्वाचन लोकतान्त्रिक र अधिनायकवादबीचको चयनको रुपमा आएकोले कस्तो विचार, सिद्धान्त भएका व्यक्तिलाई विजयी गराउने ? सोच्ने समय आएको छ स्थानिय जनतासँग आग्रह गरे ।

घरदैलो कार्यक्रममा स्थानिय जनतासँग बाँके निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले पछिल्लो १८ वर्षको अवधिमा कोहलपुरको आर्थिक र सामाजिक अवस्थामा उल्लेख्य सुधार भएपनि अझै काम गर्न बाँकी भएको र ति कामहरुलाई समाधान गर्न सक्ने महशुस गरी पार्टी आफूलाई जिम्मेवारी सुम्पेको पनि बताए । साथै उनले आर्थिक समृद्धि र विकास नै कांग्रेसको अवको मुख्य एजेण्डा बनेको बताए । उनले बाँके क्षेत्र नं. १ को समग्र विकास नै आफुहरुको प्रमुख एजेण्डा रहेका स्थानिय जनतासँग प्रस्तुत गरेका थिए ।

त्यस्तै मंगलबार नै बाँके निर्वाचन क्षेत्र नं. १ (ख) अन्तर्गत रहेको कोहलपुर वडा नं. २ मा घरदैलो अभियान सम्पन्न भएको छ । घरदैलो अभियानका क्रममा लोकतन्त्रीक गठबन्धनका उम्मेद्वारद्वउ माधवराम खत्री र नारायण प्रसाद गौडेलले कोहलपुर वडा नं. २ले विगत देख देखि झेल्दै आएको डुबान समस्यालाई समाधान गर्ने, कोहलपुर वडा नं. २ लाई यस क्षेत्रकै शैक्षिक हवमा रुपमा विकास गर्नका लागि यहाँका विद्यालयहरुको स्तरउन्नती गर्नका लागि विशेष पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।


ताजा समाचार