Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

दाङमा बम विष्फोट, प्रहरीसहित आठ घाइते

दाङ, १२ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ को घलाइनमा बम बिस्फोट हुँदा एकजना म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । मोटरसाइकलमा आएका नचिनेका व्यक्तिले फालेको ग्रिनेट बिस्फोट हुँदा एकजना म्यादी प्रहरी र तीनजना महिलासहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरी, सल्यान बागचौर नगरपालिका २ का देवाकुमारी विसी, सल्यान धोरचौर गाउँपालिकाका नरपति बुढाथोकी, दाङको बबई गाउँपालिकाका नेवबहादुर खत्री, दाङ शान्तिनगर २ का हिमलाल रामजाली, तुलसीपुर वडा नम्बर ७ की जेनी बिसी, तुलसीपुरकी सुनिता चौधरी र बिनोद चौधरी छन् ।

घाइते ४ जनालाई उपचारका लागि नेपालगंज लगिएको छ भने अरुको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । कांग्रेसको चुनावी सभाभन्दा ५ सय मिटर टाढा बम बिस्फोट भएको हो ।


ताजा समाचार