Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

जाजरकोटका सबै मतपेटिका सदरमुकाम ल्याइयो

जाजरकोट । जाजरकोटका सबै मतपेटिका सदरमुकाम ल्याइएको छ । जिल्लामा निर्धारण गरेका ८५ वटै मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याइएको हो ।

सदरमुकाम ल्याइएका मतपेटिका अहिले रुजु गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले जानकारी दिए । रुजु गरिसकेपछि सर्बदलिय बैठक बसि मतपेटिका राखेको कोठा सिल गरिने बुढाथोकीले बताए । मतपेटिकालाई सुरक्षा निकाय र दलका प्रतिनिधिले रेखदेख गर्ने उनले बताए । सुरक्षा चुनौती बढेको भन्दै मतपेटिकाहरु पैदलमार्ग बाट ल्याइदा सदरमुकाम आइपुग्न ढिलाइ भएको हो ।

आइतबार सम्पन्न निर्वाचनमा जिल्लाभर ७२.२२ प्रतिशत मत खसेको छ । पुरुष २९ हजार ९ सय ५० र महिला ३० हजार ६ सय ७५ र तेस्रो लिंगी १ जना गरी जम्मा ६० हजार ६ सय २५ जनाले मतदान गरेका छन् । ८३ हजार ९ सय ३७ मतदातामध्ये झण्डैं ७२.२२ प्रतिशत मतदाताले भोट हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जानकारी दिएको छ ।


ताजा समाचार