Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

६ जिल्लाका ७१ मतपेटिका सदरमुकाम पुर्याउन बाँकी


काठमाडौं । आइतवार ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा २६ जिल्लाका सवै मतपेटिका सदरमुकाम ल्याइएको छ ।

अहिले सम्म २६ जिल्लाका सबै मटपेटिकाहरु सदरमुकाम पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । केही जिल्लाका मतपेटिकाहरु हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ । अव ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्यान बाँकी छ ।

कुल दुई हजार ९ सय १७ मतदानस्थलमध्ये जाजरकोटका २५, मुगुका १०, डोल्पाका २० दार्चुलाका १, भोजपुरका ६ र संखुवासभाका ९ मतदान स्थलको मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेका आयोगले जनाएको छ ।

६ जिल्लाका बाँकी मतपेटिकालाई उच्च सुरक्षा निगरानिका साथ पैदलमार्ग, सडकमार्ग र हवाईमार्गबाट सदरमुकाम ल्याउने काम भइरहेको आयोगले जनाएको छ ।


ताजा समाचार