Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

हुम्लाको सिमिकोटमा विमान दुर्घटना, पाँच जना घाइते

हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा तारा एरको विमान दुर्घटना भएको छ । ंगलबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडान भर्ने क्रममा तारा एयरको ९ एन एबीएम कल साइन विमान दुर्घटना भएको हो ।

विमान दुर्घटनामा परि पाँचजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा खटिएका नेपाल प्रहरीका टोलीलाई हुम्लाबाट सुर्खेत लैजाने क्रममा विमान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई उपचारको लागि नेपाल आर्मीको हेलीकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । बाँकी चारजनालाई लैजाने तयारी भइरहेको छ । विमानमा ३ जना चालक दलका सदसयसहित १३ जना प्रहरी रहेको बताइएको छ ।


ताजा समाचार