Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

अस्पतालमा डाक्टर नहुँदा विरामीहरुलाई सास्ती

अञ्जु गाैतम,
जाजरकोट । जाजरकोट अस्पतालमा डाक्टर नहुँदा लासको पोष्ट माटम हुँन सकेको छैन् ।

जिल्लाका सवै डाक्टरलाई चुनावमा खटाएपछि जाजरकोट अस्पताल डाक्टर विहिन भएको हो । दुई दिन देखि कुशे गाउँपालिका ८ कि ४२ वर्षीय जुनकोती वुढाको लास जाजरकोट अस्पतालमा पोष्ट माटमका लागि ल्याएपनि डाक्टर नहुँदा समस्य उत्पन्न भएको छ ।

अस्पताल नै खालि हुँने गरि निर्वाचनमा खटाएपछि यो समस्य आएको हो । जाजरकोट अस्पतलमा डाक्टर नहुँदा अहिले उपचारमा आएका विरामीहरु उपचार नै नगरि फर्कने गरेका छन् । अस्पतालमा अहिले प्रशिक्षणमा आएका विद्यार्थीले फोन उठाउने र केही थाह छैन भनेर जवाफ फर्काउने गरेका छन् ।

अस्पतालमा फोन गर्दा प्रशिक्षार्थीले नै फोन उठाएर कुनै कुरा थाह नभएको जानकारी गराएको छ । मृतकका आफन्तहरु लास कहिले पोष्ट माटम होला भनि कुर्न थालेको घण्टै भएको भन्दै आक्रोष व्यक्त गर्न थालेका छन्


ताजा समाचार