Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

६० मतदान स्थलका मतपेटिका सदरमुकाम पुगे, २५ वटा पुग्न बांकी

जाजरकोट ।  जाजरकोटका ६० वटा मतदान स्थलका मतपेटिका सदरमुकाम पुर्याइएको छ ।

सुरक्षा चुनौती बढेको भन्दै पैदल मार्गबाट मतपेटिका सदरमुकाम पुर्याइएको हो ।  जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकाको मतदान स्थलका मतपेटिका आज बिहान सम्म सदरमुकाम पुर्याइएको छ ।

उत्तर पुर्बी गाउँपालिका बारेकोट र त्रिवेनि नलगाड नगरपालिका का २५ वटा मतदान स्थलका मतपेटिका आज दिउँसो सम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायव सुब्बा गौरव श्रेष्ठले जानकारी दिए ।

भेरि नगरपालिका का सबै मतपेटिका आइतबारनै सदरमुकाम पुर्याइसकिएको छ ।

सोमबार मतपेटिका बोकेको टोलिलाइ लक्षित गरि बम बिस्फोट भएपछि बांकी सबै मतपेटिका उच्च सुरक्षा निगरानीका साथ पैदलमार्ग बाटै सदरमुकाम ल्याइदै छ ।


ताजा समाचार