भीरवाट लडेर आएको ढुङ्गा लागेर वटुवाको ज्यान गयो
जाजरकोट, ११ मंसिर । नलसिङ गाड जलविद्युत आयोजनाको पहुँचमार्गमा हिडिरहेको एक वटुवाको सोमबार ज्यान गएको छ । निर्माण अबस्थामा रहेको पहुँचमार्गको माथि भीरवाट लडेर आएको ढुङ्गा टाउकोमा लागेर वटुवाको ज्यान गएको हो ।
बारेकोट गाउँपालिका, ४ मैनाका मानबहादुर बस्नेतको त्रिवेणी नलगाड नगरपालिका, ६ ग्रिनी भीरमा माथिवाट लडेर आएको ढुङ्गा टाउकोमा लगेर मृत्यु भएको बस्नेतको पारिवारीक श्रोतले जनाएको छ । हिजो मात्र सम्पन्न प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गरेर आज खलंगा जाने भनेर घरवाट हिडेका बस्नेतको ग्रिनी भीरवाट लडेर आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको त्यहाँवाट हाम्रा सहकर्मी तिर्थराज बोहराले जानकारी दिए ।
खलंगामा बस्दै आएका छोरा बुहारीलाई भेट्न भनि आज विहान मात्रै घरवाट बस्नेतको टाउकोमा निकै ठुलो चोट लागेर घटना स्थलमै मृत्यु भएको छ । बस्नेतको लास पोस्टमार्टमका लागि आज नै त्रिवेणी नलगाड नगरपालिको दल्लीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको स्थानियले वताएका छन् ।
बस्नेत साविकको नायकवाडा गाविस वडा नं. ३ मैनाको लागि दुई पटक वडा अध्यक्ष पदमा चुनाव लडि सकेका व्यक्ति हुन् । उनले चुनाव लड्नको लागि टिकट प्राप्त गर्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हो । लामो समय देखि निर्माण कार्य सुरु गरिएको नलसिङ गाड जलविद्युत आयोजनाको पहुँच मार्गको निर्माण कार्य पुरा हुन सकिरहेको छैन् । पहुँच मार्गको निर्माण कार्य सम्पन्न नहुदा बारेकोट गाउँपालिकाका नागरिकहरुले आवत जावतमा निकै सास्ति खेप्दै आएका छन् ।
स्रोत : digitalsanchar.com