Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

हतियारसहित भारतीय नागरिक बाँकेमा पक्राउ

बाँके, ११ मंसिर  । बाँकेको डुडुवा गाउँपालिका–६ बाट तीन वटा हतियारसहित १ जना पक्राउ परेका छन ।

एक जना भारतीय नागरिकको साथबाट २ वटा कटुवा पेस्तोल र एक जना नेपालीको घरबाट भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङका अनुसार २ वटा कटुवा पेस्तोलसहित पक्राउ पर्ने व्यक्ति भारतको बहराईच जिल्ला रुपैडिहा निवासी ५३ बर्षीय पर्शुराम पासी हुन । डुडुवा–६ मा पर्ने चौधरी पुरुवाका राजेन्द्र लोनियाको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको हो ।

बाँकेका प्रहरी प्रमुख तामाङले भने, ‘हामीले भारतबाट हतियार आउँदैछ भन्ने जानकारी पाएपछि खानतलासी गर्ने क्रममा भारतीय नागरिकलाई दुई थान पेस्तोलसहित पक्राउ गर्यौं । उसले पेस्तोल राजेन्द्र लोनियाका लागि ल्याएको भनेपछि खोजतलास गर्ने क्रममा उसको घरबाट भरुवा बन्दुक बरामद भयो ।’ हतियार मगाउने लोनिया भने फरार रहेका छन ।


ताजा समाचार