Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

जाजरकोटमा मतपेटिकालाई लक्षित गरि बम बिस्फोट

जाजरकोट । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका बोकेको टोलिलाई लक्षित गरि जाजरकोटमा बम बिस्फोट भएको छ । आज बिहान कुशे गाउँपालिका १ को मतपेटिका बोकेको टोलिलाइ लक्षित गरि बम बिस्फोट भएको हो । बिस्फोटबाट मतपेटिका बोकेका सहयोगी
शान्त बहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी प्रमुख डिएसपी भाबेश रिमालले जानकारी दिए ।

कुशे-१ को रोलखोला भन्ने ठाउँमा बम बिस्फोट भएको हो । एक जना सहयोगी सामान्य घाइतेबाहेक अन्य कुनै क्षेति नभएको डिएसपी रिमालले जनाए । मतपेटिका पनि सुरक्षित रहेको र बेलुका सदरमुकाम पुग्ने उनले जानकारी दिए ।
नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा का कार्यकर्ताले बाम बिस्फोट गराएको हुन सक्ने आसंका गरिएको छ । गत शुक्रबार मात्रै सोही वडाका वडा अध्यक्ष गोपाल नेपालीलाई बिप्लबका कार्यकर्ताले अपहरण गरेका थिय ।


ताजा समाचार