Loading... आजः शुक्रबार, अशोज १, २०७८

जाजरकोटमा ७२.२२ प्रतिशात मतदान, सोमबार सबै मतपेटिका सदरमुकाम पुग्ने

जाजरकोट । आज सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लाभर ७२.२२ प्रतिशत मत खसेको छ । पुरुष २९ हजार ९ सय ५० र महिला ३० हजार ६ सय ७५ र तेस्रो लिंगी १ जना गरी जम्मा ६० हजार ६ सय २५ जनाले मतदान गरेका छन् ।

८३ हजार ९ सय ३७ मतदातामध्ये झण्डैं ७२.२२ प्रतिशत मतदाताले भोट हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

काहीकतै छिटपुट सामान्य झटपका घटना बाहेक शान्तिपूर्ण र मर्या्दित ढंगबाट निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए ।


जिल्लामा निर्वाचन सम्बन्धि विरोध र उम्मेदवार लक्षित बम विस्फोट लगाएतका अन्य गतिविधिहरु नभएको र सुरक्षा व्यवस्था गरे अनुसार अपेक्षाकृत रुपमा सभ्य रुपले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं डिएसपी भावेश रिमालले बताए ।
नजिकका १३ वटा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम पुर्याइएको छ । बांकी सबै मतपेटिका भोलि बेलुका सम्म सदरमुकाम आइपुग्ने निर्वाचन अधिकारी बुढाथोकीले बताए ।


ताजा समाचार