Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

पाँच बर्ष भित्रमा देशलाई बिकासको अग्रगतिमा लैजाने छु : गौतम


कोहलपुर । बाम गठबन्धनले बाँँकेको क्षेत्र नम्बर १(२)मा आइतबार गरेको आम सभालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले अबको पाँच बर्ष भित्रमा देशलाई बिकासको अग्रगतिमा लैजाने बताएका छन् ।

तेस्तै सम्बाेधन कै क्रममा दश बर्ष भित्रमा सम्पुर्ण नेपाली जनतालाई आर्थिक समृद्धि, सबै कुरामा सम्पन्नशाली बनाउने र तिस बर्ष भित्रमा सम्पन्न तथा शक्तिशाली राष्ट्र निर्माण गर्ने कुरा बताए।

गौतमले हामी सङ्ग हाम्रा सतह र भुगोलमा रहेका प्रशस्त सम्पतिहरु छन् त्यसको लागी हामी सङ्ग उपभोग गर्ने प्रबिधीको मात्र अभाव छ त्यसैले अब त्यो प्रबिधीको खोजी गरि देशलाई बिकासको गतिमा लैजाने प्रतिबद्धता जनाए ।

सभामा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभा प्रदेश सभाका प्रत्यक्ष तर्फका र समानुपातिक तर्फका सबै उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।

सभामा आज नेपाली काङ्ग्रेस र राप्रपा पाटी परित्याग गरि राप्रपा नेपालकी क्षेत्रीय उपाध्यक्ष शोभा वलि र वडा अध्यक्षका उम्मेदवार शालिकराम डाँगीको नेतृवमा १८५ जना नेता तथा कार्यकर्ता बाम गठबन्धनमा बामदेव गौतमको हातबाट टिका लगाई पाटी प्रवेश गरेका छन् ।

आफु बर्षौ देखी पार्टीका लागी लागिपरेको र हरेक ठाँउमा आफुले राम्रो काम गर्दा गर्दै पनि पार्टीले कुनै मूल्याकंन नगरेको भएर पार्टीको निर्णय प्रति असन्तुष्टिमा हामिले बाम गठबन्धनमा प्रवेश गरेको शोभा वलिले बताईन।


ताजा समाचार