Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

सांस्कृतिक कार्यक्रम सहित बामगठबन्धनको चुनावी सभा सम्पन्न

कोहलपुर, ९ मंसीर । आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई विजयी बनाउन बाँकेका सबै क्षेत्रहरुमा बाम गठबन्धनको र्‍याली, सभा, भेला, घरदैलो अभियानले तीव्रता लिएको छ ।

शनिबार बाम गठबन्धनले बाँके क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर नगरपालिकाको वडा नम्बर ४ को गोवा, बेलनपुर, ९ को झण्डहवा, १२ को चपरगौडी, १४ को हवल्दारपुर २ को तिनघरुवा, बर्दहवामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रतिनिधी सभा बाँके क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वर गहतराज अथक र प्रदेश सभा १(२)का उम्मेदवार आरती पौडेलले घर दैलो अभियानका क्रममा बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए । यस क्षेत्रको समग्र बिकासको लागी बाके क्षेत्र नम्बर १ का जनताको मागहरु केन्द्र र प्रदेशमा पुर्याएर समस्या समाधान गर्ने कुरा व्यक्त गरेका थिए ।

त्यस्तै प्रदेश सभा १(१) का उम्मेदवार कृष्णा केसि नमुनाले फत्तेपुर का बिभिन्न टोल टोलमा घरदैलो कार्यक्रम गरेकी छिन । घरदैलोमा केन्द्रिय देखि स्थानिय स्तरका बाम गठबन्धनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। यसै गरि शनिबार कोहलपुर १३ खड्कवारमा बिभिन्न सास्कृतिक कार्यक्रमका बिच माओबादी केन्द्रका स्थायि कमिटी सदस्य तथा प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार तिलक परियारको प्रमुख आतिथ्यतामा र तुलसिपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेको बिशेष आतिथ्यतामा सभा सम्पन्न भएको छ।

सभालाई सम्बोधन गर्दै परियारले राष्ट्रिय, स्वतन्त्रता, सार्वभौमिकता स्वाधिनता र अखण्डताको रक्षा गर्न बाम गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । परियारले उत्पीडित महिला, दलित, मधेसी आधिबासी, जनजाती, अल्पसंख्यक, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्रको समानुपातिक र समावेशी सिद्दान्तको आधारमा राज्यका सम्पुुर्ण सम्रचनामा प्रतिनिधित्व गर्न गराउन आफ्नो उम्मेदवारी भएको बताए ।

यसै चुनावी सभामा बोल्दै प्रदेश सभाकी उम्मेदवार आरती पौडेलले खड्कवार लाई हात्तिसारको रुपमा विकास गर्दै यस वडा नम्बर १३लाई समग्र पर्यटन क्षेत्रको रुपमा बिकसित गर्न पहल गर्नेछु , यस १३ नम्बर वडालाई अर्गानिक भ्लेजको रुपमा स्थापित गर्न पहल गर्नेछु भन्दै पौडेलले कोहलपुर बजारलाई आधुनिक बजारको रुपमा बिकास गर्ने, यस क्षेत्र भित्रका सबै कृषि योग्य जमिनमा सिचाइको प्रबन्ध मिलाउने। व्यवसायिक शिक्षामा जोड दिने, महिलाको क्षमता विकासका लागी सशक्तीकरण, सिप विकास तथा नेतृत्व विकास तर्फ कार्ययोजना निर्माण गरि उनिहरुको क्षमता अभिबृद्दि गर्न मेरो पहल रहनेछ भनेर प्रतिबद्धता व्यक्त गरिन।

यसै गरि चुनावी सभामा बोल्दै प्रतिनिधी सभाका उम्मेदवार महेश्वर गहतराज अथकले सुकुम्बासीलाई लाल पुर्जाको व्यवस्था गर्ने, बाँके राष्ट्रिय निकुन्ज भित्र तारवारको व्यवस्था गर्ने र जंगली जनावरको कारणले हुने क्षतिको उचित क्षतिपूर्ति दिलाउन पहल गर्नेछु भन्दै आफ्नो प्रतिबद्धता राखेका थिए।शनिवार नै वडा नम्बर १३ खड्कवारमा राप्रपा पाटी परित्याग गरि भागिराम खत्री र दुर्गा खड्का नेकपा एमालेमा प्रमुख अतिथी तिलक परियारको हातबाट टिका लगाई प्रवेस गरेका छन् ।

सभामा सुर्य ढकाल, अब्दुल हुसेन खान, नरेन्द्र पाण्डे जेम्स, बसन्ती अधिकारी, खिल प्रसाद भुषाल, साबित्री पुन, रेनुका खड्का लगायतको उपस्थिती रहेको थियो।


ताजा समाचार