Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

अज्ञात समुहद्वारा वडा अध्यक्ष अपहरण


जाजरकोट । अज्ञात समूहले कुशे गाउँपालिका -१ का वडा अध्यक्षलाई अपहरण गरेका छन्। शुक्रबार राति वडाध्यक्ष गोपाल बहादुर नेपालीलई अज्ञात समूहले अपहरण गरेको हो। छिमेकीको घरमा निर्वाचनको बारेमा छलफल गर्दै थियौ राति १२ बजे तिर ८/१० जनाको समुहले जबर्जस्ती लागे नेपालीका भाइ प्रमोद नेपालिले भने ।

वडा अध्यक्षलाई अपहरण गरेको खबर आएपछि प्रहरी र सेनाको टोलि त्यसतर्फ गैसकेकोले कस्ले अपहरण गरेको भन्ने बारे पत्ता नलागेको जाजरकोटका प्रहरी प्रमुख भाबेस रिमालले बताए ।

स्थानीयले नेत्र बिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा का कार्यकर्ताले अपहरण गरेको बताएको डिएसपी रिमालले भने । तर नेकपाका जिल्ला इन्चार्ज हरिचन्द्र जैसी अनुकुलले आफ्नो पार्टिका कार्यकर्ताले अपहरण नगरेको प्रतिक्रिया दिए । नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट कुशे–१ को वडाध्यक्ष चुनिएका छन ।


ताजा समाचार