Loading... आजः बिहिबार, मंसिर १६, २०७८

बिहे भएकाेे तिन दिनमै इन्स्पेक्टर दम्पतीको ज्यान गयो

रूकुम । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोट वाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँख कालिमाटीमा  शुक्रबार साँझ ७: ४५ बजे दुर्घटनामा परेेकाे छ ।

दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको वताईएको छ । जीपमा सवार मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ र उहाँ की पत्नी प्रहरी ईन्सपेक्टर अनिता प्रधानको मृत्यु भएकाे छ ।

जीप दुर्घनामा घाईते चालक प्रेम थापा, सहचालक मग्मा निवासी प्रेम केसी र वर्दिया निवासी टेक वहादुर खत्रीको जिल्ला अस्पत्ताल सल्लेमा उपचार जारी रहेकाे र थप उपचारका लागि नेपालगंज रिफर गरिदैछ ।


ताजा समाचार