Loading... आजः बुधबार, कार्तिक ५, २०७७

काङ्ग्रेसले भोट किन्दै गरेको ७१ हजार रुपैयाँ कब्जा

फाइल फोटो

जाजरकोट । नेपाली काङ्ग्रेसका कार्यकर्ताले जाजरकोटको पिपेमा बांड्दै गरेको ७१ हजार रुपैयाँ कब्जा भएको छ । भेरि नगरपालिका-१ पिपेमा भोट किन्दै गरेका काङ्ग्रेसका स्थानीय कार्यकर्ताको टोलिबाट ७१ हजार रुपैयाँ सहित रंगेहात कब्जा गरिएको हो ।
वाइसीएलका वडाध्यक्ष दिलिब रानाको न्यतृत्वको बाम गठबन्धनको टोलिले उक्त रकम सहित काङ्ग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएका हुन ।

मौन अबधिमा पैसाको चलखेल हुदैछ भन्ने जानकारी पाएपछि बाम गठबन्धनको टोलि त्यहाँ पुग्दा रकम बांड्दै गरेको भेटेपछि कब्जा गरेको त्यस वडाका वाइसीएल अध्यक्ष रानाले बताए ।

मतदाता किन्न १ लाख रुपैयाँ लिएको पाइयको र २९ हजार रुपैयाँ बांडिसकेको काङ्ग्रेसका कार्यकर्ताले स्वीकार गरेको उनलेे बताए ।

उनिहरुबाट कब्जा गरेको उक्त रकम आफू संगै रहेको र भोलि सर्बजनिक गर्ने वाइसीएल अध्यक्ष रानाले जानकारी दिए ।


ताजा समाचार