Loading... आजः सोमवार, कार्तिक १०, २०७७

स्वतन्त्र विवेक प्रयोग गरि मतदान गर्न नागरिक संगठनहरुको आग्रह (विज्ञाप्ति सहित)

जाजरकोट । पहिलो चरणमा यहि मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिकहरुलाई आफ्नो स्वतन्त्र विवेक प्रायोग गरि मतदान गर्न आग्रह गरिएको छ । जिल्लामा क्रियाशिल नागरिक संगठनहरुले एक विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई आफ्नो स्वविवेक प्रयोग गरि मतदान गर्न आग्रह गरिएको हो । निर्वाचनमा बिभिन्न डर, त्रास, लोभ लालच, प्रलोभनमा पारी मतदाताहरुलाई प्रभावित पार्न कोशिस हुन सक्ने भन्दै विज्ञप्ति मार्फत सचेत गराइएको हो ।

मानवीय विकासको आधारमा कमजोर अवस्थामा रहेको जिल्लामा हुन गइरहेको निर्वाचनमा संविधान प्रदत्त नागरिक अधिकारहरुको संरक्षण र संबद्र्धन गर्नका लागि लोभ लालज, मोह, प्रलोभन, डर त्रास बाट मुक्त रही स्वतन्त्र विवेक प्रयोग गरि मतदान गर्न आम जिल्ला वासिलाई आग्रह गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, सुन्दर नेपाल संस्थाका धन बहादुर रावत, गैसस महासंघ का बालकुमार शर्मा, नेपाल पत्रकार महासंघका रामचन्द्र घर्ती, सुशासन÷हेल्भेटास नेपालका शान्ति राई र इन्सेकका जिलला प्रतिनिधि दिनेश श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।
हेर्नुहोस विज्ञप्ति


ताजा समाचार