Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

टी-२० विश्वकप महिला छनोट प्रतियोगितामा नेपालको पहिलो जित

wicketnepal
काठमाण्डौ, मंसीर । थाईल्याण्डमा जारि आईसीसी महिला टि-२० बिश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

४ खेल खेलेको नेपालको पहिलो २ खेल वर्षाको कारण नतिजाबिहिन टुंगिएको थियो भने तेश्रो खेलमा युएईसंग ५ रनले पराजित हुन पुगेको थियो। मलेसियासंगको जितपछि अंकतालिकामा नेपाल पाँचौबाट चौथो स्थानमा उक्लेको छ । अब नेपालले आफ्नो अन्तिम खेलमा २६ नोभेम्बर आइतबार चिनसंग खेल्नेछ ।

अंकतालिकाको शिर्ष स्थानमा रहने टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि(२० बिश्वकप छनौट ग्लोबल क्वालिफायरमा खेल्न पाउने हुनाले नेपालको छनौट हुने सम्भावना सकिएको छ । शिर्ष स्थानमा रहेको थाईल्याण्डले ४ मध्ये ३ खेलमा जित हातपार्दै ७ अंक बटुलीसकेको छ । यो अवस्थामा नेपालले अन्तिम खेलमा चिनलाई पराजित गरेपनि शिर्ष स्थानमा पुग्ने सम्भावना सुन्य रहेको छ ।

अघिल्लो खेलमा युएईसंग ५ रन अन्तरको हार नबेहोरेको भए नेपालको सम्भावना कायमै रहन्थ्यो । इतिहासमै पहिलो पटक युएईसंगको हारले नेपालको बिश्वकप छनौट खेल्ने सम्भावना गुमेकोछ । पहिलो २ खेल वर्षाले अबरुद्ध हुनु पनि नेपालको लागि दुर्भाग्य साबित हुनपुग्यो ।

एसियन इन्स्टिच्युट मैदान ब्यांगककमा टस हारेको नेपालले ब्याटिंग गर्दै उत्कृस्ट सुरुवात गर्यो । ओपनर सिता राना मगर र ज्योति पाण्डेले पहिलो विकेटको लागि ६६ रन जोडे ।

सिता १३ औं ओभरमा व्यक्तिगत ३७ रन बनाएर आउट भईन् जुन क्रममा उनले ३ चौका प्रहार गरिन् । त्यसपछि ज्योति पाण्डेलाई पनि २१ रनमा गुमाएको नेपालले लगातार विकेट गुमाएको थियो । नेरी थापा ५ , काजल श्रेष्ठ १४, ऋतु कनौजिया १ तथा रोमा थापालाई ६ रनमा पेभेलियन फर्किए। इन्दु बर्मा ६ तथा रुबिना क्षेत्री २ रनमा अविजित रहंदा नेपालले राम्रो सुरुवातका बाबजुत पहिलो इनिंगमा ६ विकेट गुमाई १०८ रन मात्र बनाउन सकेको थियो ।

मलेसिया बलर नुर नत्स्या र जन्नादिया हलिमले २र२ विकेट हात पारिन् ।

दोश्रो इनिंगमा मलेसियाले कुनै पनि बेला प्रतिस्पर्धात्मक खेल देखाउन सकेन र पुरै ओभर ब्याटिंग गर्दै ७ विकेट गुमेर ७५ रन मात्रै बनाउन सक्यो । ओपनर इमिलिया इलानीले सर्बा्धिक २४ रन बनाउने क्रममा ३ चौका प्रहार गरिन भने अन्त्यमा जायानी स्यामिमीले अविजित १६ रन स्कोर गरेपनि नेपाली बलिंग सामु खुलेर मलेसियाले ब्याटिंग गर्न सकेन । नेपालको लागि अफ स्पिनर करुना भण्डारीले सर्बाधिक ३ विकेट हात पार्दा ४ ओभरमा १ मेडन ओभर सहित मात्र १४ रन खर्चिन् । यस्तै सोनु खड्का, सिता मगर, नेरी थापा र ऋतु कनौजियाले पनि १ १ विकेट आफ्नो नाम गरे । खेलको प्लेयर अफ द म्याच सिता राना मगर घोषित भईन् ।

 


ताजा समाचार