Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

प्रतिबद्धता सहित जनताको घरदैलोमा बाम गठबन्धन

सरला सुबेदी
कोहलपुर । चुनावी अभियानलाई तिब्रता दिने क्रममा आज बाम गठबन्धनले क्षेत्र नम्बर १ को छुट्टाछुट्टै स्थानमा कोहलपुर १,२,,८,११,१२,१३ मा सयुक्त भेला तथा घरदैलो गरेको छ। एउटा आमाले नौ महिना बच्चालाई कोखमा राखेर जन्माउने बेलाको प्रसव पिडा स्याहार सुसार गरेर हुर्काउदाको पिडा जति हुन्छ त्यती पिडा पुरुषलाई हुदैन।
त्यसैले म महिला उम्मेदवार यो क्षेत्रको स्थानीय बासिन्दा बिकासका लागी हजुरहरुले गरेको सघर्षमा मलाइ पनि त्यती नै पिडा हुन्छ त्यसैले म यो क्षेत्रको समस्या सङ्ग एकदमै नजिक छु यो क्षेत्रको समस्या पहिचान गरि समाधानको बाटो खोजि दिनरात बिकासको सकारात्मक बाटो रोज्नेछु,यस क्षेत्रका बेरोजगार युवाहरुको लागि सिपमुलक स्वरोजगारका कार्यक्रमहरु ल्याउन विशेष पहल गर्नेछु भन्दै आज कोहलपुर ८पिपिरिमा बाम गठबन्धनले राखेको सयुक्त युवा भेलामा प्रदेस सभाकी उम्मेदवार आरती पौडेलले आफ्नो प्रतिबद्धता व्यक्त गरिन।

यसै गरि आज राप्तिसोनारी गाउपालिका मा राखिएको बाम गठबन्धनको सयुक्त चुनावी भेलामा नेकपा बिप्लब का जिल्ला सचिबालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष वीरसिङ बि।क बिहिवार बाके प्रतिनिधि सभा क्षेत्र १ का उम्मेदवार क। महेश्वर गहतराज अथकको हात बाट टीका गरण गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन। नेकपा बिप्लवमा आफु बर्षौ देखी राजनिती गर्दै आएपनी नेकपा बिप्लबको पार्टी कहिले पनि जनता माझ पुग्न नसकेको र आज सम्म जनताको हितको लागी कुनै पनि राम्रो काम गर्न नसकेको ले जनताको मनमा बस्ने पार्टी  र जनतालाई मनमा राखेर बिकासको कामगर्ने पाटी सयुक्त बामगठबन्धन भएको ले नै आफुले बिप्लब छोडी माओबादी केन्द्र बामगठबन्धनमा प्रबेश गरेको बिरसिह बिकले बताए।बिर सिह सङ्गै नेकपा बिप्लब बाट चार जना र अन्य बिभिन्न पाटी परित्याग गरि दश जना माओबादी केन्द्रमा प्रबेस गरेका छ्न।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधी सभाका उम्मेदवार महेश्वर गहतराज अथकले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरु नै देशभक्तिपुर्ण आन्दोलनको मूल नेतृत्वदायी शक्ति भएकाले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता,स्वाधिनता,भौगोलिक अखण्डता, नेपाली जनताको स्वाभिमान र हितको रक्षाका लागी बाम गठबन्धनको जित अनि बामपन्थिहरुको बहुमतको सरकार आवस्यक छ भन्दै आफ्नो भनाइ राखेका थिए।भेला तथा घर दैलो मा प्रतिनिधी सभाका समानुपातिक तर्फका उम्मेदवार तिलक परियार,अशोक रोकाय, कृष्णा केसि नमूना लगायत अखिल क्रान्तिकारिका केन्द्रिय पुर्व अध्यक्ष नरेन्द्र न्यौपाने , नरेन्द्र पाण्डे जेम्स आ आफ्नो भनाइ राखेका थिए।


ताजा समाचार