Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

सडक नाटकको माध्यमबाट मतदाता शिक्षा दिइयो (फोटोसहित)

जाजरकोट । जाजरकोटमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो आइरहेको बेला मतदाता शिक्षा संबन्र्धि महादान’ सडक नाटक प्रदर्शन गरिएको छ । बुधबार सरदमुकाम खलंगामा निर्वाचन आयोगको सहयोगमा आरङ्ग नेपालले उक्त सडक नाटक प्रदर्शन गरेको हो । जिल्लामा प्रस्तुत गरिएको नाटक हेर्न स्थानियको निकै घुइचो लागेको थियो । छुट्टा छुट्टै मतपत्रमा चार ठाउँमा मत हाल्नु पर्ने भएकोले धेरै मत बदर हुने सम्भावना भएपछि नाटकको माध्यमबाट मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकिले बताए ।

मतदाताहरुले प्रतिनिधि र प्रदेश सभा चिर्वाचनमा तिन वटा मतपत्रमा दुई समानुपातिक र दुई प्रत्यक्ष गरी चार ठाउँमा मत हाल्नु पर्ने छ । मतदाता शिक्षा प्रभावकारी रुपमा संचालन नहुदा धेरै अशिक्षित मतदाताहरु भोट कसरी र कति ठाउँ हाल्ने भन्नेबारे अनबिज्ञ छन् । कार्यालयबाट खटिएका मतदाता स्वयमसेवकहरुले मतदाता शिक्षा प्रभावकारी रुपमा संचालन नगर्दा मतदाता अन्यौलमा भएका हन् ।

जिल्लाका ग्रामिण गाउँमा अशिक्षित महिला तथा पुरुषहरुलाई मतदाता शिक्षा बारे कुनै पनि जानकारी छैन । आयोगको सहयोगमा आरङ्ग नेपालले ६ नम्बर प्रदेशका जाजरकोट सहित बिभिन्न जिल्लामा सडक नाटकको माध्यमबाट मतदाता शिक्षा प्रदान गरिरहेको छ । सडक नाटक मार्फत मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउने गरेको छ ।


ताजा समाचार