Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

बाम गठबन्धनकाे संयुक्त भेला राप्तिसोनारिमा सम्पन्न

बाँके, ६ मंसीर । राप्तिसोनारि गाँउपालिकामा आज बाम गठबन्धनले सयुक्त भेला सम्पन्न गरेको छ ।

बाम गठबन्धनका प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार तिलक परियारको प्रमुख आतिथ्यता र नेकपा एमाले सल्लाहाकार परिषद सदस्य देबराज भारको बिशेष उपस्थितिमा भेला गरिएको थियो।

कार्यक्रममा निर्वाचन कमिटी सयोजक अब्दुल हुसेन खान, महेश्वर गहतराज अथक, आरती पौडेल, नेकपा एमाले सचिवालय सदस्य बसन्ती अधिकारी, प्रेम भुषाल, अनेरास्ववियु का केन्द्रिय सचिवालय सदस्य सुर्य रोकाय, अखिल क्रान्तिकारिका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो।

“तपाईहरू को अमुल्य मत हामी उम्मेदवार लाई मात्र नभई यो देश मा दिगो र स्थिर सरकार गठन को लागी संयुक्त बाम गठबन्धन लाई हुनु पर्छ” भन्दै बाम गठबन्धनको बाँके क्षेत्र नम्बर १(२) प्रदेस सभाको प्रत्यक्ष तर्फकि उम्मेदवार आरती पौडेल आज राप्ती सोनारी गाउपालिका वडा नम्बर ८ र ९ मा गरिएको सयुक्त बाम गठबन्धनको भेलामा आफ्नो महत्त्वपूर्ण भनाई राखेकी थिइन ।

भेलामा हामी सबैको ध्यान आ आफ्नो काममा मात्र जाने घरमा भएका बृद्द आमाबुवा को कुरा कोहिले नसुन्दिने उहाहरु सधै बन्द कोठामा मात्र सिमित हुने भएकाले अब आफुले चुनाव जितेमा बृद्द बृद्दाको लागी बृद्द चिया चौतारी प्रत्यक वडामा बनाउने प्रतिबद्धता व्यक्त गरिन ।

यसै गरि प्रतिनिधी सभाका उम्मेदवार महेश्वर गहतराज अथकले अब बन्ने बहुमत सहितको स्थायी सरकारले जनताका दुख पाउने दिनको अन्त गर्न बिशेष खालाका रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन आफुले पहल गर्नेछु भन्दै अथकले मजदुर, किसान, श्रमजिवी, शोषित पीडित गरिब जनताको हितका पक्षमा व्यवस्थित कार्ययोजना सन्चालन गरिनेछ । महिला, दलित, जनजाती, मधेशी, थारु, मुस्लिम र सबै उत्पीडित जाती र पिछडिएका क्षेत्रका जनताको हक, हित, पहिचान र स्वाभिमानको पक्षमा हाम्रा कामहरु निर्देशित हुनेछ भन्दै भेलालाइ सम्बोधन गरेका थिए ।

यसैगरी आज बामगठबन्धले चुनावी अभियानलाई तिब्रता दिने क्रममा कोहलपुर वडा ११, १२, १३ र २ मा उम्मेदवार सहितको घरदैलो कार्यक्रम र जनाता बिच आफ्नो प्रतिबद्धता राख्ने र जनताको जनगुनासो बटुल्ल्ने काम बाम गठबन्धनका उम्मेदवार हरुले गरेका छन् ।


ताजा समाचार