Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

उधोग बाणिज्य संघ को प्रेस सल्लाहकारमा बेल्बासे

काेहलपुर, ६ मंसिर । कोहलपुर उधोग बाणिज्य संघ को प्रेस सल्लाहकारमा पत्रकार बिष्णु प्रसाद बेल्बासे मनोनीत हुनुभएको छ ।

संघको कोहलपुरमा सम्पन्न बैठकले पत्रकार वेल्वासेलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । संघले आगामी दिनमा गर्ने गतिविधिलाई सार्वजनिक गर्न र गराउनका निम्ति आफ्नो प्रेस सल्लाहकारका रूपमा नियुक्त गरेको जनाइएको छ ।

यस्तै आगामी माघ महिनामा हुन गइरहेको औधोगिक ब्यापार तथा पर्यटन महोत्सवलाई सफल पार्नका निम्ति संघको बैठकले पत्रकार वेल्वासेलाई प्रेस संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ । महोत्सवलाई व्यबस्थित तथा भव्य रूपमा सम्पन्न गर्न र सञ्चार माध्यमबाट प्रचारप्रसारलाई ब्यबस्थित तथा पारदर्शी बनाउनकालागी संघले वेल्वासेलाई प्रेस सयोजकको जिम्मेवारी दिएको हो ।

बिगत डेढ दसक देखि पत्रकारितामा कृयासिल बेल्बासे कोहलपुर टाईम्सको प्रकाशक, सम्पादक तथा कोहलपुर एफएम को प्रमुख समेत हुनुहुन्छ । पत्रकार महासङ बाँकेको पुर्ब सहसचिव, प्रेस चौतारी को पुर्ब भेरी अञ्चल अध्यक्ष हुनुभएकाे वेल्वासे हाल प्रेस चौतारी नेपाल को ५ न.प्रदेश कमिटी सदस्य हुनुहुन्छ । पत्रकारिता सङै कोहलपुर को सामाजिक बिकाशमा समेत कृयासिल उहाँ विभिन्न १ दर्जन सामाजिक संघ सस्था मा आबद्ध रहि सक्रिय हुनुहुन्छ ।


ताजा समाचार