Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

दलित कुटेको भन्दै काँग्रेस उम्मेदवारलाई गाउँलेले लखेटे

  फाइल फोटो

जाजरकोट । बाजा बजाएकै कारण दलित माथि कुटपिट गरेको भन्दै काँग्रेसका उम्मेदवार गाउँबाट लखेटिएका छन् । जिल्लाको छेडागाड नगरपालिका–१२ र १३ का स्थानियले काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजिव विक्रम शाह र उनको प्रचार टोलीलाई लखेटेका हुन् । त्यस्तै प्रदेश सभा (ख) का उम्मेदवार दिपकजंग शाहलाई पनि स्थानियले गाउँबाट लखेटेका छन् ।

बाम गठबन्धनको कार्यक्रममा बाजा बजाएकै कारण घरभित्रै गएर दलित माथि कुटपिट गर्ने कार्यकर्ता तथा उनका उम्मेदवारलाई गाउँबाट लखेटेको स्थानिय बिरेन्द्र रोकायले बताए । चुनावी प्रचार प्रशार तथा घरदैलो गर्न काकिगाउँ पुगेका उनिहरुलाई स्थानियले गाउँमा कुनै कार्यक्रम गर्न नदिई नाराबाजी गर्दै लखेटेका थिए ।

दलितमाथि कुटपिट गर्ने काँग्रेस उम्मेदवार र कार्यकर्तालाई गाउँ प्रवेश गर्नै नदिने उनिहरुले बताएका छन् । गत कार्तिक ३० गते बाम गठबन्धनको कार्यक्रममा यहाँका स्थानिय कले दमाइको टोलीले बाजा बजाएका थिए । उक्त कार्यक्रममा बाजा बजाएको भन्दै काँग्रेसका कार्यकर्ताले शुक्रबार घरमै गई कले दमाई, पृथि दमाई, मन्दरी दमाईलाई कुटपिट गरेका थिए । आक्रोसित स्थानियले उनिहरुलाई लखेटेर काँग्रेसको कार्यक्रम स्थलमै विरोध कार्यक्रम गरेका छन् ।


ताजा समाचार