Loading... आजः शनिबार, मंसिर ११, २०७८

दुर्गमका मतदान स्थलमा सुरक्षाकर्मि सहित कर्मचारी खटाइयो 

मंसिर ५,जाजरकोट । पहाडी जिल्ला जाजरकोटमा सुरक्षाकर्मी सहित कर्मचारी र निर्बाचन सामाग्री आजबाट मतदान स्थलमा पठाउन थालिएको छ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनको लागि सुरक्षाकर्मि सहितको निर्बाचन टोली र सामाग्री आज मतदान स्थलमा पठाइएको हो ।

मतपेटिका, मतपत्र, मतदाता परिचय पत्र लगायतका निर्वाचनका सामग्री सहित निर्बाचन टोली आजबाट जिल्लाका सबै मतदान स्थल र केन्द्रतिर हिडेका हुन । जिल्लाका दुर्गम क्षेत्रका  मतदान स्थल तथा केन्द्र तर्फ सुरक्षा ब्यबस्था सहित निर्बाच टोली पठाइएको जिल्ला निर्बाचन अधिकारी हरीबहादुर बुढाथोकीले बताए ।

बिहिबारसम्म सबै मतदान स्थल तथा केन्द्रमा निर्बाचन टोली पुगि सक्ने मुख्य निर्बाचनको कार्यालय जाजरकोटले जनाएको छ  । जिल्लामा निर्वाचनको लागि ९ सय २० कर्मचारी खटाइएको छ भने  २ हजार बढि सुरक्षा कर्मी परिचालन गएिको  प्रमुख जिल्ला अधिारी पुष्पराज शाहीले जानकारी दिए । जिल्लका ८३ मतदान स्थल मध्य १५ वटालाई अति सम्बेदिनशिल मानिएको छ ।

 

ताजा समाचार