Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

चुुनावी माहोल तताउदै बाम गठबन्धन

सरला सुबेदी
कोहलपुर, ५ मसिर ।  मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागी बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

बाँकेको चुनावी माहोल हेर्ने हो भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच एकदमै प्रतिस्पर्धा हुने देखिएको छ । अहिले जिल्ला भरी सबै पार्टीकाे चुनावी माहोल तातिएकै छ ।

चुनाबि अभियानलाई निरन्तरता दिने क्रममा आज बाम गठबन्धनले संयुक्त महिला भेला, र्‍याली तथा घरदैलो कार्यक्रम कोहलपुरको बिभिन्न वडाहरू १०, ११, १२ मा बाजागाजा सहित गरेको छ । घरदैलो कार्यक्रम सङ्गै मत कसरि हाल्ने भन्दै मतदाता शिक्षा पनि दिएको छ ।

यसैगरी कोहलपुर १५ चौधरिया गाँउमा सयुक्त भेलामा नेकपा एमाले केन्दिय सल्लाहाकार परिषदका सदस्य देबराज भारको प्रमुख आतिथ्यता र प्रतिनिधि सभाका उम्मेदवार महेश्वर गहतराज अथक, प्रदेश सभाको उम्मेदवार आरती पौडेल, निर्वाचन परिचालन कमिटिका सयोजक अब्दुल हुसेन खानको उपस्थितिमा सम्पन्न गरेको छ ।

भेलालाई सम्बोधन गर्दै प्रदेश सभाकी उम्मेदवार आरती पौडेलले भ्रष्टाचार मुक्त प्रगतिशिल सरकार, सामाजिक न्याय सहितको समाजवादी लोकतन्त्रको लागी बाम गठबन्धनलाई बिजयी बनाउन आवश्यक छ भन्दै आफ्नो प्रतिबद्धता राखिन ।

यसै गरि भेलालाइ सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार महेश्वर गहतराज अथकले अहिलेको निर्वाचनमा उम्मेदवार माथी भैरहेको आक्रमणको घोर भर्सना गर्दै यो आक्रमण भारतिय बिस्तारबादको इशारामा सरकारको सलग्नतामा भएको कुरा राख्दै गरिखाने वर्गहरुको उज्वल भविष्य बनाउन बाम गठबन्धले यो चुनाव जित्न आवस्यक छ भन्दै जनता सामु आफ्नो प्रतिबद्धता राखेका थिए।

भेलामा नेपाली काङ्ग्रेस का सिताराम थारु, राप्रपाका भग्गु थारु, लोकतान्त्रिक फोरमका मायाराम थारु दिपेश थारु लगायत चालिस जनाले पाटी त्यागेर बाम गठबन्धनमा प्रबेस गरेका छन् ।


ताजा समाचार