Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

बम राखेको खबरले सर्वोच्चमा तनाव

काठमाडौँ । अपरिचित व्यक्तिले बम राखेको खबर फोनमार्फत प्रहरीलाई जानकारी गराएपछि सर्वोच्च अदालतमा आतंक मच्चिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्चमा आतंक मच्चिएको हो ।

खवर पुगेपद्धि सर्वोच्चको परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको थियो । उक्त खबरपछि मंगलबारका लागि तोकिएका सबै इजलास पनि रोकिएका छन् । बम राखिएको खबर पछि नेपाली सेनको डिस्पोजल टोलीले सर्वोच्चको परिसर भित्र तथा बाहीर खोजतलास गर्दा शंकास्पद कुनै वस्तु भेटिएन ।

अदालतको ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको बताएका थिए । इजलास शुरु हुन बेला उक्त खवरले सर्वोच्चबाट न्यायाधीश, अधिवक्ता, कर्मचारी र सेवाग्राही भागाभाग भएको थियो ।


ताजा समाचार