Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

मलेसियामा मृत्यु भएका सुर्खेती युवालाइ घर सम्मै पठाउन सहयोग गरे जाजरकोटी युवाहरुले

मृतक खड्काको लास नेपाल पठाउने तयारी गर्दै जाजरकोटी युवाहरु मलेसियामा

जनक केसी
जाजरकोट मंसिर ४ । मर्दाको मलामी जिउदाको जन्ती भने झै मलेसियामा मृत्यु भएका एक सुर्खेती युवालाइ जाजरकोटका युवाहरुले घर सम्म लास ल्याउन सहयोग गरेका छन् ।

अवैध रुपमा गत एक वर्ष देखि मलेसियामा लुकेर काम गर्दै आएका उनलाइ व्यक्तिगत पैसा उठाएर जाजरकोटी युवाहरुले नेपालमा रहेका आफन्त सम्म पठाएका छन् । सुर्खेतको चिङगाड गाउँपालिका २ पुहु घर भएका ३४ वर्षिय प्रेमवहादुर खड्काको मलेसियाको काजङ भन्ने स्थानमा आफैले चलाएको मोटर साइकल विजुलीको पोलमा ठोकिएर दुर्घटना हुदा ज्यान गएको थियो ।

गत कार्तिक २५ गते निधन भएका खड्काको आर्थिक अभावका कारण लास मलेसियामै अलपत्र हुने अवस्था आएपछि जाजरकोटको शिवालय गाउँपालिका वडा नम्वर ३ का युवा वीरेन्द्र नेगीले व्यक्तिगत रुपमा ९९ हजार २ सय रुपैया र अन्य उनकै मालिकवाट ४९ हजार ६ सय गरि जम्मा एक लाख ४८ हजार ८ सय रकम जम्मा गरेर मृतक खड्काको लास नेपाल पठाइएको थियो । मृत्यु भएको ५ दिन सम्म खड्काको लास विदेशमै रहेपछि उनका आफन्तकहा पुरयाउन जाजरकोटका नेगी र प्रेमप्रतीक महतारा लगाएत अन्यले सहयोग गरेका हुन् । आफुहरुले काठमाडौं सम्मको भाडा जुटाएर खड्काको लास पठाएको शिवालय गाउँपालिका वडा नम्वर १ मोर्क वजारका प्रेम प्रतिक महाताराले वताए ।

काठमाडौमा आफुले पुर्याएको लासलाइ वैदेशिक रोजगार विभागले घर सम्म पुरयाउने व्यवस्था गरेको महताराले वताए । दक्षिणकाली म्यान पावर कम्पनीका सहसचिव जेवी शाही र नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसीले खड्काको लासलाइ काठमाडौंवाट परिवार सम्म पुरयाउनका लागि विभिन्न प्रकारको सहयोग गरेको महताराले वताए । उनले आफनो देशको एक युवा विदेशी भुमिमा मरेर पनि अलपत्र पर्न लागेको अवस्था देख्न नसकेर वीरेन्द्र नेगी र आफुहरुले सहयोग गरेको वताए । देशमा खोजेको काम नपाउदा विदेशी भुमिमा कष्ट वेहोर्नुपर्ने वाध्यता छिटटै हटे हुन्थ्यो भन्ने आफुहरुको चहाना रहेको अर्का युवा वीरेन्द्र नेगीले वताए ।

चुनावमा नेताहरुले आफना लागि भोट मागिरहेका छन् तर हाम्रा लागि रोजगारी मागिदिए हुन्थ्यो उनले भने । जव सम्म हामीले हाम्रै देशमा सम्मानपर्वु पसीना वगाउन पाउदिनौं तव सम्म लोकतन्त्र आएको हाम्रो लागि परिवर्तन भएको अनुभुति गर्न गाह्रो रहेको उनको भनाइ छ ।


ताजा समाचार