Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

मंसिर ४– (जाजरकोटीको कालो दिन) मृतकको सम्झनामा दिप प्रज्वलन


जाजरकोट । आज मंसिर ४ गते । यो दिन समग्र जिल्लावासीको लागि कालो दिन बनेको छ । आज भन्दा ठिक ३ बर्ष अगाडि भेरीमा बस दुर्घटना हुदा ५४ जनाले ज्यान गुमाउनु परेको थियो । यस दुःखद दिनलाई जिल्ला वासीले इतिहाँसको कालो दिन भनेर सम्झन्छन् ।

यो दिनलाई सम्झता समग्र जाजरकोटी शोकमग्न हुन्छन् । २०७१ साल मंसिर ४ गते बिहान जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतका लागि छुटेको यात्रुबहाक बस भेरी नगरपालिका १० रावतगाउँ नजिकै भेरी नदिमा खस्दा ५४ जनाको ज्यान गएको थियो ।

यसैविच बाम गठबन्धनका उम्मेदवार तथा नेताहरु दुर्घटना स्थलमा मृतकहरुको सम्झनामा बनाइएको स्मारकमा पुगेर दिप प्रज्वलन गरि श्रदाञ्जली अर्पण गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत लगायत अन्य नेताहरु स्मारकमा पुगेर ५४ वटा दिप प्रज्वलन गरि मृतकप्रति श्रदाञ्जली दिएका हुन् ।

दिप प्रज्वलन गर्दै गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार बस्नतले घाइते तथा मृतकका परिवालाई समवेदना प्रकट गर्दै उनिहरुको हेरचाहामा बिशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।


ताजा समाचार