Loading... आजः बुधबार, कार्तिक ५, २०७७

प्रचण्ड मंगलबार बाटै चुनावी अभियानमा फर्कने

काठमाडौँ । पुत्र प्रकाशलाई गुमाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला शोकमा रहेका छन् । तर प्रचण्डले कुनै पनि चुनावी सभा स्थगन नगर्न बामगठबन्धनलाई निर्देशन दिइसकेका छन् । शोकमा रहेका प्रचण्ड मंगलबार बाटै आफु पनि चुनावी अभियानमा फर्कने भएका छन् ।
लाजिम्पाटमा गठबन्धनका नेता केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्ड चुनाव प्रचार अभियानमा होमिने जानकारी दिएका हुन् । पुर्व प्रधानमन्त्री ओली आइतबार निधान भएका प्रकाशलाई श्रद्धाञ्जली दिन प्रचण्डको निजी निवास लाजिम्पाट पुगेका थिए ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्हालपछि प्रचण्ड भोलिबाटै चुनावी अभियानमा फर्कने तर तर, उहाँले तत्काल भाषण भने नगर्नुहुने भएका छन् । प्रचण्डको साटो गठबन्धनका नेता राम बहादुर थापा बादलले बोल्ने भएका छन् ।


ताजा समाचार