Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

महिला राजनितिमा लाग्न आवस्यक छ

सरला सुवेदी
काेहलपुर,बाँके । आरती पौडेल नेकपा एमालेको बाके जिल्ला सल्लाहकार सदस्य,अखिल नेपाल किसान महासघको राष्ट्रिय समिती सदस्य, अखिल नेपाल महिला संघ प्रदेश नम्बर ५को सदस्य र आसन्न मसिर २१ गते हुन गैरहेको संघ र प्रतिनिधी सभा निर्वाचनको बाके क्षेत्र नम्बर १ (२) को प्रदेश सभाको प्रत्यक्ष तर्फको बाम गठबन्धनको उम्मेदवार हुन् ।

बुवा बाबुराम पौडेल र आमा जानकी पौडेलको कोखबाट २०२७ सालमा जन्मनु भएकी आरती पौडेल अध्ययनको क्रममा र अध्ययन संगै राजनितिक यात्राको थालनी गर्दै २०४१ सालमा अनेरास्ववियु मा आबद्ध भएकी हुन् र राजनितिक यात्रा सुरु गर्ने क्रममा नै २०४५ सालमा बैबाहिक जिवनमा बाधिएकी हुन् । २०४१ सालदेखी विद्यार्थी संगठनमा आबद्ध हुदै २०४८ सालमा बाके जिल्लामा आएर अनेमसंघको रझेना गाउँ कमिटिको सचिव हुदैव २०५१ सालमा अनेमसंघको इलाका सचिव हुदै २०६० सालमा अनेमसंघ बाके जिल्लाको अध्यक्ष भएकी हुन् ।

आरती स्कुल पढ्दा देखिनै बुवाआमा र शिक्षकको प्रेरणाले राजनितिमा लागेकी हुन् । राजनितिमा महिला सहभागिता बढाउनका निम्ती महिला स्वयमको अग्रसरता र पाटिले महिलालाई अवसर जिम्मेवारी सुम्पने गरेमा पुरुष सरह महिलाले पनि राजनिती गर्न सक्छन् भन्ने सोच राख्ने आरती पौडेलको जिवन यात्रा यस्तो छ।

म कक्षा ८मा अध्ययन गर्दा देखी नै राजनिती क्षेत्रमा प्रवेश गरेकी हु। स्कुलमा पढाउने शिक्षकले राजनिती बुझ्न जरुरी छ भन्दै राजनिती नै देशको मुल निति हो भनी पढाउनु हुन्थ्यो त्यसपछी त्यही शिक्षालाई प्रसाद ठानी मैले राजनितिमा पाइला टेक्न थाले। राजनिती क्षेत्रमा लागेको ३३ बर्ष भैसक्यो विगतको तुलनामा अहिले महिलालाई राजनिती गर्न केहि सजिलो छ बिवाह पछि श्रीमानको सहयोग पाएर राजनितिमा अझ बढी सकृय भएर लागे घरपरिवारले सहयोग नगर्नु महिला स्वयंमले चासो नदेखाउनु पाटिमा पुरुषवादी सोच कायमै रहनु आदि कारणले गर्दा महिला राजनितिमा आउन सक्दैनथे महिलाको हातमा आर्थिक हुदैन राजनिती गर्न पैसा चाहिन्छ हिम्मत चाहिन्छ भन्ने थियो तर अहिले समयको माग फेरिएको छ मानिसको सोच बदलिएको छ त्यसैले अहिले मलाई सबैले बिस्वास गरेर मैले गरेको कामको मूल्याकंन गरेर बामगठबन्धको प्रदेश सभाको उम्मेदवार बनाउनु भएको छ। अहिलेको अवस्थामा भन्दा पहिले मलाई नि केहि मात्रामा कठिन त पर्थ्यो नै आर्थिक कारणले मैले पनि बिभिन्न घरायसी कामको खर्च बाट बचाएर पैसा बचत गर्ने,घरमा ट्युसन पढाउने, संघ सस्थामा काम गर्दै आर्थिक जुटाएर राजनिती गरेकी हु।

यात्रा गर्ने क्रममा होस वा गाउँ समाज र राजनितिमा अझैपनी कहिकतै पुरुष मानसिकता कायमै रहेको हुँदा राजनितिमा लागेका महिलाहरुले हिंसागत सामना त गर्नु पर्दछ। यिनै विभिन्न कारणले गर्दा राजनिती क्षेत्रमा महिला सहभागिता कम छ। राजनिती चेतनाको अभाव ग्रामिण क्षेत्रका महिलाहरुलाई घरायसी कार्य र आर्थिकको अभाव,राज्यले महिलाहरुलाई हरेक क्षेत्रमा अगाडी बढाउन बिशेष प्याकेज नल्याउनु यदि ल्याएता पनि कार्यन्वयन नगर्नु आदि हुन् ।

राजनितिमा लागेर पहिलो पटक एकैचोटी प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा आफुले प्रदेश सभाको उम्मेदवारको टिकट पाएको हुदा एकदमै खुसि लागेको छ सायद यो मेरो लागी राजनितिक यात्राको सबै भन्दा सुनौलो अवसर हो। तर पनि अझै पाटिमा दिनरात मरिमरी काम गर्दा पनि निर्णायक तहमा महिलाहरुलाई मुख्य पद नदिने र महिलाको काममा सहि मुल्यांकन अझै पनि पुर्ण रुपमा हुन नसकेको हुँदा दुख लाग्छ त्यसैले अब महिलाहरु राज्यका हरेक क्षेत्रमा अघि बड्न राजनितिमा लाग्न आवश्य छ। जब सम्म महिलाहरु राजनिती क्षेत्रमा आउन सक्दैनन तबसम्म महिलाका अधिकारहरु पनि सुनिस्चित हुन सक्दैनन्।

त्यसैले राज्यले पनि महिलालाई अगाडी बढाउन शिक्षा चेतना प्रशिक्षण अवसर आर्थिक सहयोग गर्न खाचो र कार्यन्वयन गर्न जरुरी छ। महिलाका मुद्दामा सबै पाटिका महिलाहरु एकजुट भई अगाडी बड्ने आफ्नो अधिकारका लागी पाटी भित्र पनि निर्णायक तहको पदमा लड्ने पाटिले महिला पुरुष दुबैलाई समान अधिकार दिन कन्जुसाई नगर्ने राज्यले पनि प्रोत्साहन सहयोग अधिकार दिन जरुरी छ। साथै यसको निम्ती अब बन्ने बहुमत सहितको स्थायी सरकारमा सम्पूर्ण पार्टिका महिलाहरु दलगत स्वार्थ भन्दा माथी उठेर महिलाका मुद्दामा एकजुट भएर महिला मैत्री सरकार निर्माण गर्न सक्नुपर्दछ।

विगतमा खुलेर राजनिती गर्न नपाइने अवस्थामा पनि आमाबुवा र स्कुलमा पढाउने शिक्षकको प्रेरणाले राजनितिमा लागेकी आरती पौडेल हाल राजनिती गर्न सजिलो र खुल्ला भएपनी महिलालाई लैङ्गिक विभेद राजनितिक हिसा,चेतना प्रशिक्षण र अवसरको कमि भएको महशुस गरेकी छिन्।

त्यसैले अबको संघ र प्रदेशको चुनावमा महिलाका मुद्दा,शैक्षिक क्षेत्रका मुद्दालाई बिशेष योजनामा राखेर अघि बड्ने प्रतिबद्धता जनाएकी छन्। धेरै सघर्ष गरेर राजनितिमा महिलाको सहभागिता हुनु आवश्यक छ भन्ने देखेर विभिन्न कठिनाईका बाबजुद पनि निरन्तर लाग्नु नै आरतिले गरेको सघर्ष महिलाको लागी चालेका पहल कदमिहरु वास्तवमै एकदमै अनुकरणीय छ।


ताजा समाचार