Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

चुनावी सभामा बाजा बजाएको भन्दै काँग्रेस कार्यकर्ताले कुटपीट गरे

मंसिर ४, जाजरकोट । बाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागि भएको भन्दै जाजरकोटमा काँग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । छेडागाड नगरपालिका १२ कार्किगाउँका दमाइहरुलाई काँग्रेसका कार्यकर्ताले घरमै गएर कुटपिट गरेका हुन । उनिहरुले कलेकी श्रीमती मनदरी दमाई र भाई पृथी दमाईलाई कुटपिट गरि घाइते बनाएका छन् ।

सोही वडाको मनघाटमा भएको गठबन्धनको चुनावि सभामा बाजा बजाएको र खाना पकाएर सहयोग गरेको भन्दै उनिहरुले घरमै आएर कुटपिट गरि घाइते बनाएको पिडित कले दमाइले बताउनु भयो । उनिहरुले बाम गठबन्धन मुर्दाबाद भन्दै घर घेरी “कार्यक्रममा किन गएको तिमि ‘डुम’ हरुको आज लास पार्छौ” भन्दै कुटपिट गरेको कले दमाइले भन्नु भयो । उनिहरु गत शुक्रबार घरभित्रै गएर लछाड–पछाड पारेर बाँसका लट्ठिले कुटपिट गरेको मन्दरी दमाइले भन्नु भयो ।

काँग्रेसका कार्यकर्ता काँशिराम रोकाय, मेघ बादी, काँशिराम बादी, लाल बहादुर शाही, मान बहादुर सिंह, विनोद शाही, टेक बहादुर शाही, दिप मल्ल लगायतकाले कुटपिट गरेका हुन् । पिडितहरु आफुलाई कार्यक्रममा सहभागि भएकै कारण कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यलय जाजरकोटमा आइतवार उजुरी दर्ता गराएका छन् । दुवै पक्षलाई बोलाएको र सोमवार छलफल गर्ने प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनु भयो ।


ताजा समाचार