Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

प्रकाशको निधन अस्पताल पुर्याउनु भन्दा ३ घण्टा अघि नै, कारण–आकश्मिक हृदयघात


काठमाडौं । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको अस्पताल ल्याउनु भन्दा तीन घण्टाअघि नै निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको हो । नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जे.पी. जयसवालले प्रकाशको शरीरको जाँचबाट उहाँको निधन अस्पताल ल्याउनु भन्दा झण्डै तीन घण्टाअघि नै भएको देखिएको जानकारी दिनु भयो ।

प्रकाशको आकश्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । बिहान ५ बजेर प्रकाशलाई अस्पताल पुर्याइएको वेला नै उनको शरिर कडा भइसेको अस्पतालले जनाएको छ । शरिर पुरै चिसो भइसकेको र सम्पुर्ण चेकजाँच गर्दा आकश्मिक हृदयघातका कारण निधन भएको पाइएको अस्पतालको भनाई छ ।

प्रकाश दाहालको आजै दाहसंस्कार गरिने भएको छ । दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभएको छ । त्यसअघि दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ ।


ताजा समाचार