Loading... आजः बुधबार, असार ९, २०७८

फेसवुक प्रोफाइल यस्तो वनाएका थिए प्रकाश दाहालले


काठमाडौं । पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । आइतवार विहानै हृदयघात भइ नर्विक अस्पताल पुर्याइएका प्रकाशको निधन भएको हो । कहिल्यै ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्विर नराख्ने उनले यसपट रंगिन तस्विर हटाएका थिए । कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए ।

आफु अव यो संसारमा हुन्न होला भन्ने संकेत पाए जस्तो गरेर उनले फेसवुक प्रोफाइलमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्विर अपलोड गरेका हुन । संयोग पनि कस्तो ! आफ्नो मृत्यु अगाडि नै यस्तो तस्विर राख्न भ्याएका थिए । उनले आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए । नेपाली संस्कारमा मृत्यु भइसकेको मानिसको तस्वीरलाई रंगिन राखिदैन । दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् ।

त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ । अव उनि यो संसारबाट सदाका लागि विदा भएका छन् । उनको आत्मले शान्ति पाओस हार्दिक श्रदाञ्जली !

 


ताजा समाचार