Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

सम्बृद्ध जाजरकोट मेरो सपना हो– शक्ति बस्नेत

जाजरकोट । निर्वाचनको मिति नजिकि आइरहेको छ । यतिवेला दुवै गठबन्धनका उम्मेदवारहरु गाउँ–गाउँमा प्रचार प्रशारलाई तिव्रता दिइरहेका छन् । र उनिहरु जनताको घरदैलोमै पुगेर आफ्ना प्रतिवद्धताहरु सुनाउदै मतदाता फाकाई रहेका छन् । बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवाहरु तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत पनि चुनावी प्रचार प्रशारमै व्यस्थ हुनुहुन्छ । यसै संन्दर्भमा रहेर चुनावी प्रचारमै रहनु भएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतसंग बिर बहादुर गिरीले कुराकानि गर्नु भएको छ ।

चुनाबी अभियानको क्रममा जनताको बिचमा हुनु हुन्छ कति बिश्वस्त हुनु हुन्छ जनतासंग ?

पहिलो कुरा म जनताको बिचबाट यहाँसम्म आइपुगेको छु, म आफुलाई जनताभन्दा अलग रहेको र भएको कहिले पनि ठान्दिन । जनताले दिएको आदेश अनुसार राजनीतितक जिम्मेवारी मात्र थपिए होलान त्यो जिम्मेवारीले मलाइ राजनीतिक तथा समाजिक कामका लागि ब्यक्तिगत रुपमा थप उर्जाशिल र क्रियाशिल बन्न प्रेरित गरेको छ । अब जनतासंग बिश्वस्त भन्ने सवालमा मलाई जाजरकोटबासी आमा बुवा, दाजुभाई र दिदीबहिनीहरुको माया ममता र आर्शिबाद हिजो पनि थियो र आज पनि छ, यहि भरोसा र बिश्वासले नै मैले संबिधानसा सभा सदस्य र मन्त्रि बन्ने अबसर पाए । त्यो अबसर केवल मैले मेरो ब्यक्तिगत अबसर ठानिन सबै जाजरकोटबासीको अबसर थियो । यो निर्बाचनबाट पनि जाजरकोटले अर्को एउटा ऐतिहासिक अबसर प्राप्त गर्दै छ सदियौं देखिको रोग, भोग, गरिबी, बेरोजगारी र असुबिधाको अन्त्य गर्ने त्यो एकिकृत जाजरकोटी ताकतको नेतृत्व बाम गठबन्धनको अगुवाइमा हुदैछ यसमा म पूर्ण रुपमा बिश्वस्त छु ।

•राष्ट्रिय महत्वका नलसिंहगाड जलविद्युत आयोजनाको निर्माण र चिन र भारतलाइ जोड्ने उत्तरदक्षिण भेरी करीडोरको निर्माण मेरा भौतिक विकासका पहिलो प्राथकिता हुन ।

जनताले तपाइलाई बिश्वास गर्ने आधारहरु के हुन ?

पहिलो त माओबदीको नेतृत्वमा भएको जनयुद्धका माध्यमवाट जाजरकोट जस्तो विकट जिल्लाका जनताको सामाजिक आर्थिक एवम राजनैतिक अधिकार प्राप्तीका लागि मैले गरेको संघर्ष प्रति सबै जनताहरु जानकार नै हुनुहुन्छ । अर्को जिल्लालाई विकासको मुल प्रवाहमा ल्याउन र जनतालाइ गणतन्त्रको वास्तविक अनुभुति दिलाउनका लागि मैले विगत देखि नै गरेको पहल कद्मीलाइ जनताले फेरी पनि यो चुनावका माध्यमवाट अनुमोदन गर्ने छन् । राष्ट्रिय महत्वका नलसिंहगाड जलविद्युत आयोजनाको निर्माण र चिन र भारतलाइ जोड्ने उत्तरदक्षिण भेरी करीडोरको निर्माण मेरा भौतिक विकासका पहिलो प्राथकिता हुन । त्यसै गरि जाजरकोटको पानी, खनिज, जडीबुटिको र संभाब्य कृषि उत्पादनलाइ जाजरकोटमा रोजगारीको प्रमुख श्रोतको रुपमा व्यवस्थापन र परिचालन गर्ने मेरो अर्को एजेन्डा हो । यो संगै जाजरकोटलाइ राष्ट्रिय राजनितीको मुल प्रवाहमा जोडेर राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको नयाँ गारेटो कोर्दै सम्भावनाहरुलाइ जाजरकोटी जनताको सम्वृद्धिका लागि प्रयोग गरेर समग्र जिल्लाको पहिचान र परिचय परिवर्तन गर्ने कामको अगुवाइ मेरो नेतृत्वमा हुन्छ ।

तपाई राष्ट्रिय राजनीतिक भूमिकामा रहनु भएको ब्यक्तिको प्रतिस्पर्धा सामाज सेवामा चर्तित नेपाली काँग्रेसका राजिबबिक्रम शाहसंग छ अलि सकस परेको छैन ?

हाहाहा…………….. देश बनाउने र चलाउने राजनीतिक बिचार र दृष्टिकोणका आधारमा हो यस्तो बिचार दृष्टिकोण नभएकाहरुले नै राजनीतिक गर्न अन्य उपायाहरुको अबलम्बन गर्ने हो । तत्काललाइ लाबदायक भए पनि दीर्घकालीन रुपमा यस्तो चुनाबी अभ्यासले नत जिल्लाको भबिश्य बन्छ नत स्वयम राजनीतिक गर्ने पात्रको नै राजनीतिक भबिश्य सुरक्षित हुन्छ ? यसर्थ मेरो उहाँसंग कुनै प्रतिस्पर्धा नै छैन ।

  • यो चुनाबी प्रतिस्पर्धाबाट मानसिक रुपले त्रसित र आतंकित भएकाहरुको निष्कर्ष र छटपटाहट हो । अधिनायकबाद बामगठबन्धनको गर्भबाट होईन बरु काँग्रेसको साशनशैलीबाट जन्मने खतरा देखियो 

तपाई दोस्रो पटक चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ फरक के पाउनु भयो मतादाताको मनोबिज्ञान पहिलेभन्दा अहिले ?

समय निरन्तर गतिशिल छ । समय क्रममा मानवीय रुचि र चाहानाहरु पनि बदलिने गर्दछन त्यसको प्रभाबबाट जाजरकोटको मनोबिज्ञानलाई अलग गर्न सकिन्न तर ठुलो अन्तर छैन जेनेरेशन ग्यापका आधारमा केही कुरा फरक देखिएका छन । युवा पिडिमा बिशेषगरी रोजगारीको अबसर सिर्जना, जीवन उपयोगि शिक्षा नीतिको तर्जुमा प्रति चासो बढेको छ यो स्वभाबिक हो । तर प्रौढहरुका भने राजनीतिक स्थायित्व, शान्ति सुरक्षा र सामाजिक कल्यानका कार्यक्रम प्रति अभिरुचि देखिन्छ जुन बाम गठबन्धनको घोषणा पत्रले पनि बोलेको छ ।

अन्तिममा देशमा अधिनायबाद जन्मने खतरा बढ्यो रे त बामगठबन्धनको गर्भबाट ?

यो चुनाबी प्रतिस्पर्धाबाट मानसिक रुपले त्रसित र आतंकित भएकाहरुको निष्कर्ष र छटपटाहट हो । अधिनायकबाद बामगठबन्धनको गर्भबाट होईन बरु काँग्रेसको साशनशैलीबाट जन्मने खतरा देखियो देख्नु भएन चुनाबको आंचार सहिता लागु भएको बेला काम चलाउ सरकारले धमाधम राजनीतिक नियुक्ति मन्त्रिपरिषदमा हेरफेर । अधिनायकबाट राजनीतिक बिचार र दर्शन अनि साशकिय शैलीबाट जन्मने हो बामगठबन्धनमा रहेको दलहरुको न त्यस्तै राजनीतिक बिचार र दर्शन हो न सरकार संचालन गर्दा नै त्यो खालको रबैया प्रदर्शन भएको थियो यसर्थ यस्ता बिना तुकका हल्लाको बारेमा धेरै समय खर्च गर्नु जरुरी नै छैन ।


ताजा समाचार