Loading... आजः आइतवार, कार्तिक १६, २०७७

रामचन्द्र पौडेलको गाडिमा बम प्रहार, एक घाइते

 

 

तनहुँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गाडिमा बम प्रहार भएको छ । तनहुँमा निर्वाचन प्रचार प्रसारमा हिँडेको समयमा नेपाली कांग्रेसका नेता पौडेल चढेको गाडीमा बम प्रहार भएको हो । गाडिमा बम प्रहार हुँदा एक जना सुरक्षाकर्मी घाइते भएको जनाइएको छ ।

तनहुँको भानु नगरपालिका १० स्थित नेपाल डाँडामा पौडेल चढेको बा १३ च ३७४२ नम्बरको गाडी बम प्रहार गरिएको हो । नेता पौडेललाई भने केही नभएको जनाइएको छ । गाडीमा भने केही क्षति भएको छ ।


ताजा समाचार