Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

रौतहटमा बम बिस्फोट, १० जना घाइते

फाइल फोटो 

रौतहट । एमालेको कार्यक्रमलाई लक्षित गरी रौतहटमा बम बिस्फोट भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट भएको हो ।

बिस्फोटनमा परी एक जना बालक सहित १० जना कार्यकर्ता घाइते भएका छन् । बम कार्यक्रम भइरहेको राधाकृष्ण मन्दिर नजिकै भएको बताइएको छ । एक जना बालक र एक महिला गम्भिर घाईते भएको निवर्तमान सांसद रामकुमार भट्टराईले जानकारी दिएका छन ।


ताजा समाचार