Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

भोट फकाउन मलामीदेखि मेलाजात्रासम्म पुग्न थाले उम्मेद्वार

त्रिबेनी नलगाड ८ का हिरे बिकको दाहसंस्कारमा पुगेर  श्रदाञ्जली दिर्द जाजरकोट प्रदेश सभा (क) बाट बामगठबन्धनका उम्मेद्वार गणेश प्रसाद सिंह ।

जाजरकोट ।  चुनाबी प्रचार प्रसारको क्रममा हिडेका दलका नेता कार्यकर्ता र उम्मेद्वारहरु स्थानीय स्तरमा लाग्ने मेलापातदेखि जन्ति र मलामीसम्म पुग्ने गर्दछन । मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा तान्न नेता कार्यकर्ता र उम्मद्वारहरुले मेलापातदेखि जन्ति र मलामीसम्म पुग्ने गरेका हुन । जिल्लाका बिभिन्न स्थानमा लाग्ने मेलापातमा नेता कार्यकर्ता र उम्मेद्वार अनिबार्य रुपमा पुग्ने गर्दछन । स्थानीयको बाक्लो जमघट हुने भएकोले यतिबेला लाग्ने मेलापातमा नेता कार्यकर्ता र उम्मेद्वारले अनिबार्य रुपमा पुग्ने गरेका हुन ।

जुनिचाँदे गाउँपालिका वडा नं १ औलखोला मेला बामगठबन्धनका लागि मत माग्ने राम्रो अबसर बन्यो । प्रचार प्रसारको क्रमम त्यहाँ पुग्दा जात्रा लागेकोले जनसभा नै गरेर गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेको जाजरकोट प्रदेश सभा (ख) का उम्मेद्वार करबीर शाहीले बताए । हामीले बढि भन्दा जनतासंग भेटेर आफ्ना कुरा राख्ने यस्तो अबसर मेला जात्राले जुराउछ शाहीले थपे । आइतबार मृत्यु भएका त्रिबेनीनलगाड नगरपालिका ८ हलचौरका हिरे बि.कको मलामी बने बामगठबन्धनकै तर्फबाट जाजरकोट प्रदेशसभा (क) बाट उम्मेद्वार बनेका गणेश प्रसाद सिंह । उनी मलामी मात्र भएनन मृतकका आफन्तलाई ५ हजार क्रिया खर्च सहयोग गरेर श्रद्धान्जली दिए ।

चुनाबी अभियानको क्रममा हलचौर पुग्दा दुःखत घटना भयो नेताले दुःखको बेला पनि सात दिन्छन भन्ने उदाहरण बनेर मलामी बनेको सिंहले भिजन खवरलाई भने । जनता शुख र दुःखमा नेताको साथ अनिबार्य हो यसैले हामीले जन्ति र मलामी हुन छोडेका छैनौं सिंहले दाबी गरे । यस्तै एकसाता पहिले भेरी नगरपालिका १२ कास्तराका धनबीर भारतीको निधन भयो । उनको मलामीमा पुगे बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका पूर्ब गृहमन्त्री तथा माओबादी नेता शक्तिबहादुर बस्नेत र नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका राजिब बिक्रम शाह । दुबै जनाले मृतक प्रति श्रद्धान्जली अर्पन गरेर मृतका आफन्तलाई समबेदना दिएर अप्रत्यक्ष रुपमा मत मागेर फर्किएको सोही वडाका वडाध्यक्ष निमबहादुर भनारीले बताए । दुबै जनाले आफुहरु दुःखि भएको बताउदै सदैब दुःख पिडामा साथ दिने प्रतिबद्धता जनाए वडाध्यक्ष भनारीले भने ।

अहिले गाउँमा लाग्ने मेला जात्रा र जन्ति, मलामीमा को अघि पुग्ने भनेर दलका नेता, कार्यकर्ता र उम्मेद्वारहरु बिच प्रतिस्पर्धा नै हुने गरेको स्थानीयको भनाई छ । मंसिर १ गते लाग्ने बारेकोट गाउँपालिका ६ कार्किज्यूलाको जात्रालाई जिल्लाका सबै दलले चुनाबी प्रचार प्रसार गर्ने अबसरका रुपमा हेरेका छन । त्यो मेलामा पार्टी कार्यक्रम नै राख्ने एमाले ६ नं प्रदेश कमिटिका सदस्य डम्बरबहादुर सिंह बताउछन । त्यस्तै नेपाली काँग्रेसका क्षेत्रिय सभापति एबं बारेकोट गाउँगपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह पनि कार्किज्यूला मेलामा कार्यकर्ता भेटघाट कार्यक्रम हुने बताउछन । दलहरुले स्थानीय स्तरमा लाग्ने मेला जात्रालाई मध्य नजर गरी चुनाबी कार्यक्रम नै तय गरेका छन ।

जिल्लाका पख्र्यात रामीडाँडा, सुगुरखाला, कार्किज्यूला, चिसापानी, मनाघाट, स्याउली लगायतका मेलाजत्रा दलहरुका लागि चुनाबी कार्यक्रम गर्ने उपयुक्त अबसर बने । ऐतिहाँसिक र धार्मिक महत्वका मेला जात्रामा गएर दलका नेता कार्यकर्ता र उम्मेद्वारले धर्म संस्कृति, कला साहित्य र प्रर्यटन प्रद्र्धन गर्ने प्रतिबद्धता जनाउने गरेका छन । ७ वटा स्थानीय तह मध्य ५ वटामा बाम गठबन्धनले जितेको छ भने २ वटमा मात्र नेपाली काँग्रसले जितेको छ । चुनावी जोडघटाउको हिसाव गर्दा गत स्थानीय निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा बाम गठबन्धनको ३८ हजार ६१ मत छ भने नेपाली काँग्रेसको १८ हजार ४ सय ३९ मत छ । बामगठबन्धन १९ हजार ६ सय २२ मतले अगाडी रहेको छ । बामगठबन्धनले आफ्नो मतको सुरक्षा गरे पुग्छ भने काँग्रेसलाई भने मत थप्न सकस नै छ ।


ताजा समाचार