Loading... आजः शनिबार, कार्तिक ८, २०७७

अवैध १७ किलो सुनसहित रसुवाको केरुङबाट एक पक्राउ


मंसिर २, रसुवा । प्रहरीले रसुवाको केरुङ नाकाबाट शनिवार विहान अवैध १७ किलो सुन बरामद गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो । प्रहरीले सुन सहित जिप र जिप चालक पार्वतीकुण्ड गाउँपालिकाका ३१ वर्षीय कसाङ दावा तामाङलाई समेत प्रक्राउ गरेको छ ।

केहीदिन अघि नेपालबाट सामान लिन तिब्बत गएको जिपबाट लुकाइ ल्याइएको अवस्थामा सुन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापाले बताउनु भयो । न्यापकिन, ट्वाइलेट पेपर भित्र लुकाएर ल्याउदै गरेको जिपमा सुन फेला पारेको थियो । सुन बरामद संगै प्रहरीले अन्य सवारी साधन चेक जाँचलाई कडाइ गरिरहेको छ ।


ताजा समाचार