Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

कमल थापालाई यस्तो धम्की दिए एमाले अध्यक्ष ओलीले

 

 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष कमल थापालाई हिसाव किताव खोज्ने धम्कि दिएका छन् । अध्यक्ष ओलीले थापालाई सम्हालिएर बोल्नु होइन भने हिसाव किताव खोजिन्छ भनि धम्कि दिएका हुन । कमल थापालाई केपी ओलीको बोलीको खण्डन गर्न शर्म लाग्नुपर्ने भन्दै ओलीले यसबारे क्याल्कुलेर लिएर हिसाब– किताव गर्ने धम्कीसमेत दिए ।

अघिल्लो सरकारले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिएको ठेक्का उर्जामन्त्री कमल थापाले क्याबिनेटबाट खारेज गराएपछि ओलीले उक्त निर्णयको विरोध गर्दै आएका छन् । ओलीले भने हिजो कमल थापाजीले बोलेको मैले सुनें, ‘जसको स्वार्थमा धक्का परेको छ, तिनीहरुले विरोध गरेका छन’ भनेको खवर वाहीर आएपछि ओलीले थापलाई अलिकति सम्हालिएर बोल्न आग्रह गरेका छन् ।

ओलीले भने ‘स्वार्थमा धक्का परेको भनेको के ? के स्वार्थमा ? वहाँको के स्वार्थ पूरा भएन र उहाँले क्यान्सिल गरेको ? भनि प्रश्न समेत गरेका छन् । पुर्व प्रधानमन्त्रि समेत रहेका ओलीले धम्कीकै शैलीमा ‘कमल थापालाई कसको बोलीको खण्डन गर्दैछु भनेर हेक्का राखेर बोल्न समेत सुझाव दिए ।


ताजा समाचार