Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

तिब्रता लिदै बाम गठबन्धनको चुनावी अभियान

सरला सुबेदी
कोहलपुर, १ मंसिर । मसिर २१गते हुन गैइरहेको संघ र प्रतिनिधि सभाको चुनावी अभियानलाई बाम गठबन्धले दिनप्रतिदिन तिब्र पार्दै आएको छ ।

बाँके क्षेत्र नम्बर १ अन्तरगत रहेका ३० वटै वडाहरुमा वडा सम्पर्क कार्यलयहरु स्थापना गरिसकेको छ । सबै वडाहरुमा सयुक्त निर्वाचन कमिटिको बैठक बसि सबै वडाका टोलहरुको टोल कमिटिहरु निर्माण गरिसकेको छ।
प्रत्येक टोलहरुमा युवा, महिला, जेष्ठ नागरिक, बुद्धिजिवि, व्यापारी लगायतका कमिटिहरु गठन भैसकेका छन् । यस क्षेत्र भित्र रहेका सबै बुथ कमिटिहरु निर्माण गर्नुको साथै एक बुथ सय युथ भन्ने अभियानलाई तिब्र बनाएको छ ।

केन्द्र देखी जिल्ला, क्षेत्र नगर, वडा, टोल हुदै नेता कार्यकर्ता शुभचिन्तकहरु लाई व्यापक ढङ्गले परिचालन गरेको छ। यसै चुनावी अभियानका क्रममा आज बाम गठबन्धनले कोहलपुर वडा नम्बर १ मा घरदैलो अभियान र कोहलपुर नगरपालिका वडा नम्बर ७र ९मा सयुक्त कार्यकर्ता भेला गरेको छ ।

भेलालाई सम्बोधन गर्दै बाके क्षेत्र नम्बर १(२)प्रदेश सभाकी प्रत्यक्ष तर्फकी उम्मेदवार आरती पौडेलले देशभरिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने दाजु भाई दिदिबहिनिहरुले लालपुर्जा पाउनलाई बामगठबन्धले जित्न आवस्यक छ, लोक कल्याणकारी राज्य स्थापना र स्थिर सरकारका लागी तपाईहरुको अमुल्य मत बामगठबन्धनलाई हुनुपर्छ भन्दै पौडेलले शैक्षिक क्षेत्रको बिकास खेलकुद क्षेत्रको बिकास गरिबिको रेखामुनी रहेका सिमान्तकृत आदिबासी, जनजाती, दलित महिला तथा युवाहरुको लागी बिषेश खालको स्वाबलम्बन र स्वरोजगार कार्यक्रमहरु ल्याएर थोरै भएतापनी आर्थिक बिकास र समृद्धि को लागी आफु लागी पर्ने कुरा भेलामा बताइन ।

यसैगरी शुक्रबार नै नरैनापुर गाउपालिकाको भेलालाई सम्बोधन गर्दै बाके क्षेत्र नम्बर१ का प्रतिनिधि सभाका उम्मेदवार महेश्वर गहतराज अथकले यस पटकको निर्वाचनमा कुनै पनि हालतमा बामगठबन्धनले अघि सारेका उम्मेदवारहरुले चुनाव हार्न हुदैन। राजनितिक स्थायित्व कायम गर्न र समृद्धि नेपाल निर्माण गर्न बामपन्थी गठबन्धनको जित हुन अनिवार्य रहेको कुरा बताए।

बाँके जिल्ला सुगम जिल्ला हुदा हुदै पनि नरैनापुर गाउपालिका हरेक हिसाबले पिछडिएको छ यस गाउपालिकामा बसोबास गरेका जनताको जिवन स्थर उकास्न बिषेश कार्ययोजना ल्याउने र नरैनापुर गाउपालिकालाई एउटा व्यवस्थित बजार स्थापना गर्ने ,यस गाउपालिका भित्र बिधुतिकरणलाई समेत पहिलो प्राथमिकतामा राख्ने कुरा बताए।

यसै गरि भेलालाई सम्बोधन गर्दै बाके क्षेत्र नम्बर १(१) प्रदेस सभाकी उम्मेदवार कृष्णा केसि नमुनाले जारी सम्बिधानले महिलाका हक र अधिकारहरु सम्बिधानमै व्यवस्ता गरेको र उक्त अधिकार प्राप्त गर्नको लागी महिलाहरु एकजुट हुनुपर्ने र यस क्षेत्रको समस्याको बारेमा आफुलाई राम्रो ज्ञान भएको र यस ठाउको बिकासको लागी आफुले महत्वपूर्ण भुमिका खेल्ने र नरौनापुरको समग्र बिकासको लागी आफु दिलोज्यान लगाएर खटिने कुरा केसिले बताइन् ।


ताजा समाचार