Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

निर्वाचनका लागि सरोकारवालासँंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिनोद कुमार घर्ती
जाजरकोट । आसन्न मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जाजरकोटका सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम बिहिबार सदरमुकाम खलंगामा सम्पन्न गरिएको हो । स्वच्छ, भयरहित र विश्वसनियताका साथ निर्वाचनलाई सम्पन्न गर्न जिल्ला स्थित सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचन राष्ट्रको गौरव भन्ने मुल नाराका साथ जिल्ला निर्वाचन कार्यालय जाजरकोटले आयोजना गरेको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ७ वटै स्थानीयतहमा रहेका मतदाताहरुलाई मतदानका लागि शान्तिपूर्ण तरिकाले सहभागिता गराउँन सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । निर्वाचनका लागि जाजरकोटमा मतदाता संख्या पुरुष ४४ हजार ६ सय १९ महिला ३६ हजार ३ सय १७ र तेस्रो लिङ्गी १ गरी जम्मा ८३ हजार ९ सय ३७ जना रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए ।

यस जिल्लामा रहेका १ सय १६ मतदान केन्द्रका लागि जिल्लाका झण्डै ९ सय २० जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवि, विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


ताजा समाचार