Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

एसईई परीक्षा सञ्चालनका लागि सात वटै प्रदेशबाट गृहकार्य सुरु

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले अगामी वर्षको कक्षा १० को एसईई परीक्षा प्रादेशिक स्तरमै सञ्चालनको लागि आबस्यक गृहकार्य सुरु गरेको छ ।

प्रादेशिक स्तरमै एसईई परीक्षा संचालन, रिजल्ट प्रकाशन लगायतका सम्पूर्ण कार्यहरु गर्नकालागी बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरिरहेको छ ।  बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार आगामी बर्षको  २०७५ चैतमा हुने एसईईको जिम्मेवारी प्रदेशलाई दिने तयारी भइरहेको छ । अध्यक्ष पौडेलले बोर्डका ११ वटा क्षेत्रीय कार्यालयहरू लाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन हुने तयारी थालेको हो ।

जसकालागि प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, ३ मा काठमाडौं, ४ मा पोखरा, ५ मा कोहलपुर, ६ मा सुर्खेत र ७ मा धनगढीमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने तयारी भइरहेको बोर्डले गरेको छ ।  बोर्डका अनुसार प्रदेश ६ मा भने बोर्डको कार्यालय नभएकोले त्यहाँ नयाँ कार्यालय स्थापना हुनेछ, भने अन्य प्रदेशमा भएका पुरानै कार्यालयलाई नै प्रादेशिक कार्यालयमा मान्यता दिइनेछ ।

तर  दुई वटा कार्यालयहरु भएका प्रदेशमा एउटालाई प्रादेशिक र अर्को शाखा कार्यालयको रुपमा संचालन गरिने छ । हालसम्म बोर्डको विराटनगर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, दाङ, धनगढी र डडेल्धुरामा शाखा कार्यालय सञ्चालित छन् ।

(बाह्रखरीको सहयोगमा )


ताजा समाचार