Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

बामपन्थी गठबन्धनका उम्मेदवारलाई नै मत किन ?

— सुर्य ढकाल
दलीय उत्तरदायित्वको आशा सर्वसाधारणको चाहना छ । राजनीतिक धु्रवीकरणले राष्ट्रिय एकता र चेतना बढाई देश विकासमा मूर्तरूप दिन सकोस ।

जनतका प्रतिनिधिहरुले नया सविधान जारि गरेपछि बिष बर्ष पछि स्थानिय निकायको होइन स्थानिय तहको निर्वाचन पहिलो दोसौ तेसो गरि सम्पन्न भई काम सुरु भएको छ । अब बिकास निमार्णमा जनताको सहभागिता बढने अपेक्षा गर्ने सकिन्छ । जारि सविधानमा स्थानिय तहका अधिकार सग जोडिएका कानुन ऐननियाम सबै बनाउने अधिकार सघ र प्रदेश सभालाई दिएको छ ।

विगतमा हामीले हाम्रो भौगोलिक बनाउटका आधारमा राष्टिय नीति विश्लेषण गर्ने हाम्रो क्षमता बारे सोच्ने र आन्तमनिर्भर कसरि बन्ने बहस नै प्राप्त मात्रमा गर्न सकेनौं । ६ दशक हाम्रो लडाई अधिकारमा मात्र केन्द्रित भयो । विभिन्न सकसपुर्ण प्रतिकुलतालाई चिर्दै मुलुकले सघिय लोकतान्त्रीक गणतन्त्रको सविधान पाएको छ।यो सविधान पाउन नेपालका बामपन्थीले धेरै रगतको खोलो बगाएका छन जेल नेल खाएका छन त्यसैका कारण छ दशक देखि नेपाली जनताले उठाउदै आएको राजनैतिक मुद्धा सस्थागत भएको छ ।

हामी जुनसुकै समुदाय,वर्ग जाति, भाषा धर्म संस्कृति लिङ्ग, वा क्षेत्रका भए पनि सार्वभौम अधिकार सम्पन्न स्वाभिमानी नेपाली नागरिक भएका छौ । दिगो शान्ती,सुशासन,विकास र समृद्धिको नयाँ ढोका खुलेको छ भने नेपाली समाजलाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने नयाँ आधार पैदा भएको छ। त्यसलाई सहि रुपमा कायन्वयन गर्न बामपन्थीगठबन्धनले अगाडी सारेका उम्मेदवार निर्वाचित हुन अनिर्वाय छ ।।

हामी सगै परिवर्तन भएका देश आर्थिक रुपले कहा पुगे हामी कहा छौ यो अवस्था कस्ले बनायो । हामी किन सिङ्गगापुर,कोरिया जस्तो धनि हुन सकेनौ ।हामीमा के कमजोरी छ । आखिरी के भयो भने देश बन्छ ।अब हामी पनि गम्भीर बन्नु पदर्छ । यिनै मुद्धाहरुले छरिएर रहेका बामपन्थी शत्तिहरु एउटै बिन्दुमा मिल्लन अगाडी बढिरेका छन । केपी ओली मुलुकको प्रधानमन्त्री भए पछि आर्थिक विकासको बहस हुन थालेको छ ।हामी आर्थिक विकासको जुन बहस आज गर्न खोजेका छौ,युरोपमा यस्तो बहस अढाई सय वर्षअघि भएको थियो ।

एशियाली देशहरुमा झण्डै ७० देखी विकासको कुरा भई रहेको छ ।हामीले २००७ सालमा प्रजातन्त्र प्राप्त गत्यौ ।त्यस यता ६५ वर्ष बिते। सन१९७१मा पहिलो पटक अल्पविकसित राष्ट्रहरुको सुचि तयार हुदा नेपालसगै चार दर्जन देश त्यसमा थिए । आज हामी त्यही छौ तर धेरै देश आर्थिक रुपले उकालो चढिसके। ५० वर्षमा एशियाकै केही देश जर्जर गरिवि वाट उढे र समृद्धिको शिखर चुम्दैछन १९६५मा नेपालको प्रतिव्यक्ति आय ६५ डलर हुदा मलेशियाको ३५० डलर,कोरियाको १०५ डलर थियो । आज नेपालाको भन्दा कोरियाको प्रत्तिव्यक्ति आय ४० गुण बढी छ । मलेशियाको प्रतिव्यत्ति आय सातहजार पुग्यो । मलेशिया विश्वको १७औ औधोगिक मुलुक हो ।साधन श्रोत हुदा हुदै पनि हामी भने गरिबको रेखामुनि अडकिएका छौ । हामी सगै परिर्वतन भएको भारत विश्वको सातौ औधौगिक देश भएको छ,चिन विश्वकै पहिलो अर्थतन्त्र हुदैछ । सिङ्गगापुर एशियाको बाघ बनेर गर्जदै छ । जवकि हामीले प्राप्त राजनीतिक उपल्वधीलाई पटक पटक गुमायौ लडिरहौ । समृद्धि हाम्रो मृगतृष्ण भयो । किन यस्तो भयो । यसको उत्तर खोजन ढिलो गर्न हुदैन ।

यो निर्वाचनमा बामपन्थीगठबन्धाका उम्मेदवारहरुल यसको उत्तर खोजन र जनतालाई बुझाउन सक्नु प्रर्दछ जनता परिर्वतनको पक्षमा छन । कागेसले २०१५ सालमा दुई तिहाई ल्यायौ ,२०४८ र २०५४ सालमा बहुमत ल्यायौ तर मुलक राष्ट र जनताका लागी केही पनि गर्न सकेन अस्थिरता भष्टचार विदेशी हस्तछेप कागेसका कारण सस्थागत भए देश एक पछि आर्कौ गर्दै पराधिन हुन पुग्यो । आज हामीले भन्ने गरेको आधुनिक विकासको मान्ँयता सन १९५० पछि विकसित भएको हो । त्यो भन्दा अगाडी शहरकिरणको विकास हुनु नै विकास को परिभाषा थियो ।विकास सापेक्ष हुन्छ र यो मानवीय आवश्यकताले निर्धारण गर्दछ । विकासको परिभाषा त्यति सजिलो छैन ।अर्थशास्त्रीहरुको दृष्टिकोणमा प्रतिव्यक्ति आम्दानी तथा कुल गार्हस्थ उत्पादनमा हुने वृद्धि विकास हो । राजनीतिहास्त्रीहरुको दृष्टिकोणमा विकास भनेको जनता सार्वभौमसत्ता सम्पन्न हुनु देशमा योग्य,सक्षम गतिशिल एव क्षमतमवान नेतृत्व हुनु,नागरिक स्वतन्त्रता ,मानव अधिकार सहित भौतिक उपलव्धताको सहजता हुनु हो । समजशास्त्री अर्थशास्त्री, राजनीतिशास्त्री सबैको निष्र्कष सामाजिक जिवनस्तर सुधार हुनु नै विकास हो ।

सवै नेपालीलाई आफनो योग्यता क्षमताअनुसार विकास गर्ने वा काम गर्ने वातवरण बनाउन सकिदैन तव सम्म नयां नेपाल निमार्ण गर्न सकिदैन । गरिवि र अभावलाई कसरी जित्न सकिन्छ अब छलफल गर्न पदर्छ । जब सम्म हामीले हाम्रो बरिपरी रहेका प्राकृतिक श्रोतहरुलाई चिन्दैनौ र मानविय संसाधनको विकास गर्दैनौ, कडा मेहनत गर्ने असल संस्कृति र उधमशिलताको विकास ,इमानदारी र सरलतामा जोड दिदैनौ हामी सधै परनिर्भ भईरहनेछौ । व्यक्तिको स्वतन्त्रता तथा स्वाभिमान कायम राख्न आत्मनिर्भर तथा स्वालम्वी हुनु व्यक्ति वा राष्ट्रको पहिलो सर्त हो सम्वृद्धि। कृषिप्रधान मुलुक भए तापनि वार्षिक खवौ रुपया बराबरको कृषिजन्य वस्तु आयात हुने गर्छ । आलु पाच अरबको आयात, हरियो तरकारी चार अरबको प्याज दुई अरबको गोलभेडा ४५ करोड मेवा २ अरब खरवुजा १ अरब को आयात हुन्छ ,चामल १२ अरव ३८ करोड, मासु १७ अरबको आयत हुने देशका नागरीक हौ हामी । उता कामको खोजिमा लाखौ युवाहरु विदेशी भुमिमा रगत पसिना बगाईरहेका छन। । हामी सगै राजनैतिक परिर्वतन भएका अन्य देशहरु आर्थिक रुपले कहा पुगे हामी जहाको तही उभिएका छौ किन अव यो खोजिको विषय हुनु पदर्छ ।

नुन देखी सुनसम्म जौ तिल देखी कोदो मकै सम्म पेटोल देखी हवाईजहाज सम्म सियोदेखी पानिजहाज सम्म एउटै मुलुकले उत्पादन गर्न सक्दैन । देशमै आत्मनीर्भर हुने चिज र वस्तुको समेत व्यवस्थापन गर्न सकेनौ । कसरी धनि वन्ने हामीले अहिले सम्म बहस गरेकै छैनौ । नेपाल श्रोत बिहिन मुलुक हुदै होइन । यहा इन्दन देखी बहुमुल्य जडिबुटीको भण्डार छ । हामीमा इच्छा शत्ति हुनु पत्यौ । परिणमुखी काम गर्नु पत्यो । विकास र समृद्धको खोजिमा दशयौ देखी तिर्खाइरहेको नेपाली समाजले निमर्ण र प्रगतिको यो बहस एक पटक भाग लिनैपर्छ । पुनर्वास र बस्ती विकासका योजना कसरी बनाउने । सहरी विकास र गा्रमीण विकासको मोडल कस्तो हुनु पदर्छ ।

वनजङ्गल संरक्षण र वातवरण विनाशलाई कसरी रोक्ने । पुर्वाधार विकास गरेर कसरी भविष्यका लागी आधुनिक सुन्दर समृद्ध बनाउने भन्ने सन्र्दर्भमा बहस गर्ने योजना बनाउने र बनाइएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्ने ,जति पनि प्राविधिक जनशक्ति तयार छन ती दर्ता टिप्पणी सदर बदरको प्रशशसनिक कामम रमाई रहेका छन खटिएका छन। विकासको मोडल सढक विभागले सढक निमार्ण गरेको १ महिना नवित्यै ढलने बाटो भत्तकाउन सुरु गदर्र्छ ।

ढल निमार्णको काम फत्ते भए पछि खानेपानीले भत्तकाउन सुरु गदर्छ । खानेपानीको काम फत्ते भए पछि टेलिकमले लाइनको लागी भत्तकाउन सूरु गदर्र्छ यहि हो नेपालको विकासको अहिले सम्मको मोडल कागजि प्रकृया ठिक भए सवै ठिक हुने विकास मोडल हाम्रो विकास मोडल भयो । विकास प्रक्रियालाई मदत गर्ने भनेको राजनीतिक विकास,सामाजिक विकास, शारिकि, प्रशासनिक, सास्कृतिक मानसिक भाषिक आदि विकासका आयमहरु एक अर्कोसंग अन्तर समन्य एव समपुरक रहने गदर्छन । भौतिक संरचना निमार्ण र आर्थिक समृद्धि नै विकासको प्रमुख मापदण्ड हो । विकासको वाधक गरिवि असमान्ता विभेद हो ।आधुनिक अर्थतन्त्र सिप प्रविधिको प्रयोग गर्न सक्नु पदर्छ । पुजिवादी विचार (अर्थतन्त्र)मा माथी बाट विकासका योजना तयार गरी स्थानिय स्तरमा कार्यन्यन गर्ने निति लिइन्छ । समाजवादी विचारमा स्थानिय तहको आवश्यकता र योजना तजुमा गरेर विकास कायन्ययन गर्ने नीति रहेको हुन्छ । त्यही नीतिको जगमा २०५१ सालमा मनमोहन खधिकारीको नेतृत्वमा बनेको सरकारले इतिहासमा पहिलो पटक काठमाडौवाट,राजधानिवाट सिहदरवारवाट र अर्थमन्त्रालयवाट सिधै गाउमा बजेट पठाउने निर्णय गरेको थियो ।

केपी ओली प्रधानमन्त्री भए पछि त्यो रकम डबल भएको छ त्यही बजेटको आधारमा आज गामिण तहका बाटा पुल पुलेसा निमार्ण गर्ने काम दुतर््ा गतिमा भईरहेका छन ।गरिवि तथा पहुच नभएका जनताका आवश्यकताहरु सम्वोधन गर्ने काम भएको छ ।विगतका विकास पुर्वआधारको समग्र अध्यान गर्ने हो भने ग्रामिण तहमा बसोवास गरेका जनताको आर्थिक स्तर कहिलै नउठौस भन्ने मन्सायवाट बजेट तथा योजनाहरुको तर्जुमा गरेको पाइन्छ । एउटा विधालयमा १० थरिका भवनहरु बनेका छन अबको दश वर्ष पछि त्यो भबनको उपयोगिता हुन्छ कि हुदैन त्यो आवश्यकता हो कि होइन सवै विकास निमार्णका काम पहुच आधारमा भएका छन । आर्थिक वृद्धिले मात्र विकास सम्भव छैन आर्थिक विकासले सामाजिक असमानताहरु निराकरण गर्न सक्दैन पुजि निमार्ण र समान वितरणको सिद्धान्त लागु गर्न सक्नु पदर्छ । साधन र श्रोतको समान वितणसग गर्ने कुरा नै आजको आवश्यकता हो ।

मानविय श्रम पुजि निमार्णको प्रमुख आधार हो । श्रम उत्पादनको महत्वपुर्ण साधन हो र श्रम मानव श्रोतबाट नै आउछ । यसलाई जति धेरै उपयोग गर्न सकियो त्यति धेरै प्रकृतिको दोहन गर्न सकिन्छ तर हाम्रो मानव श्रोत विदेशिन वाध्य छ । उत्पादनका साधनको समुचित प्रयोग गरी उधमशीलता विकास गर्नु पर्छ ।मानविय सिप र क्षमतालाई परिचालन गरी विकासमा प्रयोग गर्न सके मात्र विकास दिगो हुन्छ । समृद्धि प्राप्त गरेका देशहरुले पुजि निमार्ण र वितरणमा ध्यान दिए हामीले दिन सकेनौ विकासको लागी बिनोजित गरेको रकम पनि खर्च गर्न नसकेर र्फिज हुने विकासको मोडल हाम्रो मोडल हो । अहिले सविधान नयां छ,स्थानिय तहहरुको संरचना नयां छ कानुनी प्रवन्ध ,नीति नियाम र निदेैशिकाहरु नया छ र नयां बनाउनु पर्ने छ । सदियौ देखिको नेपाली जनताका सपना आकाक्षा पुरा गर्दे सम्वृद्ध नेपालको निमार्ण गर्नु छ हामीले जित्नु पर्दछ ।

समाज परिर्वतनको लागी ठुलो भुमिका खेलेका कम्युनिष्ट पार्टीहरु सगरमाथाको देश वाट कम्युनिष्टको झण्डा पराउने विश्व कम्युनिट आन्दोलनलाई दिशा निर्देशन गर्ने मानवले मानव माथी गरेको शोषण उत्पीडन थिचोमीचोलाई अन्तय गर्ने र सम्वृद्धि नेपाल निमार्ण गर्न लाखौ नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी दिन समाजवाद र साम्यवादको यात्रा तयार गर्न सघ र प्रदेशमाा बामपन्थी उम्मेदवारलाई विजय बनाउनु अनिर्वाय छ ।

missiontoday बाट


ताजा समाचार