Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

बाल संरक्षण सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण सम्पन्न

जाजरकोट, ३० कार्तिक । अष्ट्रेलियन एड, कारितास अष्ट्रेलिया, कारितास नेपालको आर्थिक सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटद्धारा “सन्चालीत युवा तथा वालवालिका सशक्तिकरण परियोजना” अन्तरगत गठीत वाल क्लवका सदस्य ,श्रोत शिक्षक, विद्यालय व्यवस्थापन सतिकिा पदाधिकारीहरुका लागी वाल संरक्षण तथा तथा वाल अधिकार सम्वन्धि १ दीने अभिमुखीकरण कार्यक्रम भेरीमालीका नगरपालीका १ स्थीत श्री शिव मावि कालेगाउँमा बुधबार सम्पन्न गरीएको छ ।

विद्यालयमा गठीत नवश्रीजनशील शान्ति वाल क्लवका सदस्यहरु, श्रोत शिक्षक, र विद्यायालय व्यवस्थापन समितिका पदाधिकारीहरुरु को सहभागीता रहेको अभिमुखीकरण कार्यक्रममा सहजकर्ता नागरीक समाजका अगुवा राजेन्द्र विक्रम शाह ले वाल अधिकार, वाल संरक्षण, वाल अधिकारका क्षेत्र, वालमैत्री विद्या्यालयको अवधारणा,वाल क्लवको भुमीका, वालमैत्री विद्या्यालयको लागी विद्यालय व्यवस्थापन समितिले खेल्नुपर्ने भुमीका, पुस्तकालय व्यवस्थापन आदीको विषयमा सहजीकरण गर्नु भएको थीयो ।

अभिमुखीकरण कार्यक्रममा यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव वस्नेत ले परीयोजना अन्तरगत यस वर्ष विद्यालयमा सन्चालन गरीने कार्यक्रमका वारे जानकारी गराउनु भएको थीयो जस अन्तरगत विद्यालयमा वाल क्लव परीचालन, पुस्तकालय सपोर्ट,अपाङ्ग वालवालीका का लागी शैक्षीक सामाग्री सपोर्ट, लगायतका विषयको वारे अभिमुखीकरण गराइएको थीयो ।

कार्यक्रममा विद्यालयका प्र.अ. तीलक वहादुर खत्रीले संस्थाले विद्यालयमा वाल क्लवको माद्यमवाट विभिन्ना सचेतनामुलक तथा सामाग्री सपोर्ट क्रियाकलाप सन्चालन गरी गरीरहेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै सवैको सामुहीक प्रयास वाट मात्रै हामीले वाल अधिकार का सवालहरुलाइ पुरा गर्ना सकीनेन्दै विद्यालयमा आफुहरु वाल संरक्षणको लागी प्रतिवद्य रहेको भनाइ राख्नुभएको थीयो ।

त्यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवल सींह डाङ्गी ले विदालयमा आयोजना भउको यस्ता खाले कार्यक्रम ले वालवालीका, विव्यस र शिक्षकहरुको क्षमता अभिवृद्यी गर्ने भकाले यसकार्यक्रममा सीकेका कुराहरुलाइ व्यवहारमा उतार्नकाो लागी सवैलाइ आग्रह गर्नु भएको थीयो ।

अभिमुखीकरण कार्यक्रममा वाल क्लवका सदस्यहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु गरी ३६ जनाको सहभागीता रहेको यार्सन जाजरकोटका शान्ति सहजकर्ता धर्मराज परियारले जानकारी दिनु भएको छ ।


ताजा समाचार