Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

बामगठबन्धनको सरकार जनताको सरकार : पुर्व-गृहमन्त्री बस्नेत

 

जाजरकोट । नेकपा एमाले र नेकपा माओबादी केन्द्र सम्मिलित वामगठबन्धनको तर्फबाट जाजरकोट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं पुर्व-गृहमन्त्री शक्ति बस्नेतले बामपंथी बहुमतकाे सरकार बन्नबाट कसैले राेक्न नसक्ने बताए ।

गठबन्धनको चुनावी अभियान अन्तरगत निर्वाचन क्षेत्र नं २ को छेडागाड नगरपालिका वडा नम्बर १ मा आज (बुधबार) घरदैलो कार्यक्रम पछि भएको चुुनावि सभामा बोल्दै उनले दुई तिहाई अाउने देखेर काङ्ग्रेस छट्पटाइरहेकाे र एक दलिय कम्युनिस्ट शासन ल्याउन थाले सबै खत्तम हुन्छ भन्दै भ्रम छरिरहेको बताए । बामपंथी सरकार बने जनताको सरकार हुने भन्दै बस्नेतले चुनाव लगत्तै पार्टी पनि एउटै हुने बताए ।

यस्तै प्रदेश नं २ का उम्मेदवार करविर शाहिले बाम गठबन्धका उम्मेदवार सबैले जिते मात्र जाजरकाेटको समग्र विकास हुने दावी गरे। गठबन्धनले जिते जिल्लाले बिकास निर्माणमा फड्को मार्ने उनको भनाई थियो ।

चुनावी सभामा बोल्दै एमाले केन्द्रीय सदस्य भैरव सुन्दर श्रेष्ठले पनि बाम गठबन्धनले जितेमा मात्र जाजरकोट अनि समग्र देशको बिकास सम्भव हुने भन्दै सम्पूर्ण बामगठबन्धनका उम्मेदवारलाई भाेट हाल्न अपिल गरेका छन् ।


ताजा समाचार