Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बामगठबन्धनकाे चुनावी सभा सम्पन्न

फाईल तस्बिर

जाजरकोट, कात्तिक २९ ।  जाजरकोटको दशेरामा मंगलबार बामगठबन्धनकाे चुनावी सभा सम्पन्न भएको छ ।

पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार शक्तिवहादुर बस्नेत , प्रदेश सभा सदस्या क्षेत्र २ का उम्मेदवार करवीर शाहीको उपस्थीतीमा चुनावी सभा तथा जनभेटघाट सम्पन्न भएका छन् । कार्यक्रममा वोल्दै वस्नेतले राज्यले सधै जाजरकोटलाई सैतेनी व्यवहार गरेको ले आफु त्यसैको विरुद्धमा लड्दै आएको बताउनुभयो ।

फाईल तस्बिर

राजनीति व्यवस्था परिवर्तन भएको तर समाजको अवस्था परिवर्तन नभएकाले समाज रुपान्तरणका लागि आफुनो प्रमुख लक्ष्य भएको वस्नेतले बताउनुभयो ।

त्यस्तै जाजरकोटको क्षेत्र १ को कुदुमा कोणसभा सम्पन्न भएको छ । प्रदेश सभा सदस्या क्षेत्र १ का उम्मेदवार गणेसप्रसाद सिहले गरिवको छोरा चुनावी प्रदानमा भएका कारण आफुनो पहिलो काम गरिवी अन्त्य गर्ने भएको दावी गर्नुभयो ।

हिजो शिक्षकको जागिर छाडेर राजनीतिमा लागेको स्मरण गदैँ उहाँले भन्नुभयो , मलाई व्यक्तिगत फाईदा चाहिएको भए म शिक्षक नै भएर पनि पैसा कमाउन सक्थ्ये तर मैले समाजको अवस्था वदल्नु पर्ने जिम्म लिएर जनताको माझमा आएको बताउनुभयो ।


ताजा समाचार